बौद्धमार्गी सुग्देन समुदायको अन्तर्राष्ट्रिय सम्मेलन सुरु


तिब्बती धर्मगुरु दलाई लामाका आलोचक मानिने दोर्जे सुग्देन समुदायको चार दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलन विहीवार सुरु भएको छ । रक्षामन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरेको सम्मेलनमा ८० मुलुकका तीनससय बौद्धमार्ग सहभागी छन् ।

रक्षामन्त्री प्रधानले नेपालले सबै धर्म र सम्प्रदायलाई सम्मान गर्ने नीति अपनाएको बताए । उनले धर्मनिरपेक्ष भए पनि नेपालले सबै धर्मप्रति सम्मान र समभाव अपनाएको उल्लेख गरे । संसारका दोर्जे सिुग्देन समुदायलाई एकीकृत गरेर बौद्ध धर्मको प्रचार विश्वव्यापी बनाउने उद्देश्यले सम्मेलन आयोजना गएिको नेपाल राष्ट्रिय दोर्जे सुग्देन समाजले जनाएको छ ।

समाजका संयोजक बसुन्धरा श्रेष्ठका अनुसार सम्मेलन सम्मेलन शनीवार सम्पन्न हुनेछ । उद्घाटन कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठ, पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला लगायत सहभागी थिए ।

सम्मेलनबाट पारित हुने घोषणापत्रमार्फत विश्वकै ध्यान केन्द्रित गर्ने योजना रहेको समाजले जनाएको छ । प्रतिवेदन पारित गरी विश्वको ध्यानाकर्षण गराउने योजना रहेको पनि श्रेष्ठले बताइन् । सम्मेलनमा ८० देशबाट ३ सयभन्दा बढीको सहभागिता रहने पनि उनले जानकारी दिइन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: