पायनियर पब्लिक स्कुलमा काेरियन भाेलिन्टेयरबाट विशेष कार्यक्रमहरू सञ्चालन हुँदै


कपन स्थित सञ्चालित पायानियर पब्लिक स्कुलमा काेरियन गारूङ्बन्जु युनिभर्सिटीका भाेलिन्टेयरहरूले विभिन्न कार्यक्रमहरूकाे अायाेजना गरिरहेका छन् । शिक्षा र सांस्कृतिक आदानप्रदान सम्बन्धी अायाेजना गरिएकाे याे कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।

 

१५ दिनकाे निम्ति नेपाल अाएका काेरियनहरूकाे अधिकांश समय यसै विद्यालयका विद्यार्थीहरूकाे साथमा विभिन्न गतिविधिहरूमा संलग्न भएर नै बित्नेछ । काेरिया फर्कनु पूर्वका केही दिनहरू भने उनीहरूले धम्पुसबेँसी लगायतका केही क्षेत्रहरूमा भ्रमण जाने पूर्व याेजना छ ।

३१ जनाकाे ठूलाे सङ्ख्यामा नेपाल अाएका उनीहरू विद्यार्थीहरूसँग रहेर ट्रेडिसनल डान्स, टिचिङ, लर्निङ, विद्यार्थीकाे हाेम भिजिट लगायतका गतिविधिहरूमा उनीहरू संलग्न हुनेछन् ।

हिजाे अर्थात शुरूकाे पहिलाे दिन वेलकम कार्यक्रम गरेर उनीहरूकाे स्वागत गरिएकाे थियाे भने विद्यार्थीकाे दाँतकाे समेत चेकअप समेत गरिएकाे छ ।

यी विविध गतिविधिहरूमा विद्यालयका २ कक्षा देखि १० कक्षा सम्म मध्ये बाट विद्यार्थी छनाैट गरी ५० जनाकाे दरले ४ टिममा विद्यार्थीहरूलार्इ विभाजन गरेर  विद्यार्थीहरूलार्इ यी गतिविधिहरूमा संलग्न गराइएकाे छ । 

नेपालमा काेरियाका भाेलिन्टियरहरूलार्इ ल्याउनकाे निम्ति नेकाेसका अध्यक्ष अक्कल तामाङ लगायतका व्यक्तिहरूकाे महत्वपूर्ण भूमीका छ । नेकाेसका अध्यक्ष तामाङले अहिले सम्म नेपालमा विद्यालय स्तरमा यस्ता कार्यक्रमहरू  अायाेजना गर्दै अाएकाे भएपनि यति भव्य किसिमले भने पहिलाे पटक नै सम्पन्न गर्न लागेकाे बताउनुभयाे । यस्ता गतिविधिहरूकाे माध्यमबाट विद्यार्थीहरूले नयाँ कुरा सिक्न पाउने कुरा तामाङले बताउनु भएकाे छ । यसकाे अलावा अाफू पहिले देखि नै विभिन्न माध्यमबाट कुनै न कुनै रूपमा सामाजिक गतिविधिहरूमा संलग्न रहँदै अाएकाे पनि उहाँले बताउनुभयाे ।

विद्यालयका प्रिन्सिपल राजन श्रेष्ठले विद्यार्थीहरूलार्इ व्यावहारिक शिक्षा र संस्कार सिकाउँदै अात्मनिर्भर बनाउनकाे निम्ति अाफूहरूले समयानुकुल नयाँ अभ्यासमा अाफूहरूले जाेड दिँदै अाएकाे बताउनुभएकाे छ ।

हाल यस पायनियर विद्यालयमा रहेका काेरियन भाेलिन्टेयरहरू १५ तारिखमा नेेपालबाट बिदा हुनेछन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: