ड्याबलाको दुई गोलमा युभेन्टसलाई सफलता



एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्टसले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले रेलिगेसन जोनको हेलास भेरोनालाई ३ –१ ले पराजित गरेको हो ।

भेरोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन पाउल ड्याबलाले दुई गोल गरे । यस्तै ब्लाइज माटुईडीले एक गोल गर्दा भेरोनाका मार्टिनले एक गोल फर्काए । यो जितसँगै युभेन्टसले शिर्ष स्थानको नापोलीविरुद्ध अंक दुरी एकमा झारेको छ ।

पहिलो हाफको छैटौं मिनेटमा माटुईडीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले पछि परेको घरेलु टोलि भेरोनाले दोस्रो हाफको सुरुवातमै बराबरी गर्यो । खेलको ५१ औं मिनेटमा भेरोनाका मार्टिनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, खेलको ७२ औं मिनेटमा ड्याबलाले व्यक्तिगत पहिलो गर्दै युभेन्टसलाई २ – १ को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै ७७ औं मिनेटमा ड्याबलाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३ – १ को जित दिलाए ।

यो जितपछि दोस्रो स्थानमा रहेको युभेन्टसले ४७ अंक जोडेको छ । लिगको शिर्ष स्थानमा रहेको नापोलीको ४८ अंक छ । युभेन्टस शिर्ष स्थानको नापोली भन्दा १ अंकले पछि छ । पराजित भेरोना १३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

इटालियन सिरी ए अन्तर्गत नै तेस्रो स्थानको इन्टर मिलानले शनिबार राति लाजियोसँग गोलरहित बराबरी खेलेको छ । बराबरीपछि इन्टर मिलानले ४१ अंक जोडेको छ । पाँचौ स्थानको लाजियोको ३७ अंक छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: