नेपरेष्टले सुपथ मूल्यमा स्तरीय कपडाहरू उपलब्ध गराउने


नेशनल कलेजकाे डेभलपमेन्ट फार्इनान्समा अध्ययन गर्ने दाेस्राे बर्षका विद्यार्थीहरूकाे सक्रियतामा काठमाडाैंकाे साेह्रखुट्टेबाट अनलार्इनबाटै कपडाहरू किनबेच गर्ने सुविधा सहितकाे अनलार्इन स्टाेर सञ्चालनमा अाएकाे छ । नेपरेस्ट नाम दिर्इएकाे उक्त कम्पनी अन्तरगत हाल विभिन्न ब्राण्डका ज्याकेटहरू विक्री मूल्य सहित अनलार्इनमा राखिएकाे छ ।

हालै मात्र कमल धामी, उत्सव समशेर थापा र मनाेज ढकाल गरी ३ जना  मिलेर शुरू गरेकाे याे व्यवसायले हाल कपडाहरूकाे अर्डर लिने तथा सप्लार्इ गर्ने सेवा उपलब्ध गराउनेछ ।

नेपालमा पछिल्लाे समय नेपालमा अनलार्इनकाे माध्यमबाट सामानहरू बुकिङ गरी ग्राहकहरूलार्इ उपलब्ध गराउने क्रम नेपालमा शुरू भएकाे परिप्रेक्षयमा अाफूहरूले पनि साेही बमाेजिम सूचना प्रविधिकाे प्रयाेग गरेर ग्राहकहरूलार्इ यस्ता दैनिक जीवनकाे निम्ति अावश्यक विभिन्न वस्तुहरू उपलब्ध गराउने साेचमा रहेकाे कम्पनीका सञ्चालक कमल धामीले बताए ।

भर्खर मात्र कम्पनी सञ्चालनमा अाएकाे कारण तत्कालकाे निम्ति यी ज्याकेटहरू बजार मूल्य भन्दा सस्ताेबाट प्राप्त गर्न सक्ने बतार्इएकाे छ । अाेपनिङ डिस्काउन्टकाे क्रममा ग्राहकहरूलार्इ समेत सुपथ मूल्यमा उपलब्ध गराउने मान्यता लिएकाे कारण  यस्ताे छुट उपलब्ध गराइएकाे हाे ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: