श्रीमानको औँला पोलेर खाने श्रीमती


दाङको तुलसीपुरमा एक महिलाले श्रीमानको हातका औंला काटेर खाएको अनौठो घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका–१ भमके छोटेकी ६४ बर्षीया रिसमी महतराले ६४ बर्षीय श्रीमान् चन्द्र बहादुर महतराको दाहिने हातका चार औंला काटेर पोली खाएको प्रहरीले बताएको छ ।

गएराती घरमै औंला काटेर पोली खाएको सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमान्ले मदिरा सेवन गरी दैनिकजसो यातना दिने गरेका कारण आक्रोसित महतराले औंला काटी खाएको बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

औँला खोज्दा कतै नभेटिएको र घरमा अरु कोही नभएकाले सत्यतथ्य यकिन गर्नका लागि थप अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो ।

घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

कान्तिपुर अनलार्इनबाट

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: