सर्वोत्तम् सिमेन्ट र लक्ष्मी स्टील्सको भूकम्प प्रतिरोध कार्यक्रम सम्पन्न


काठमाडौं–सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सले काठमाडौंको बालाजु र धापासी क्षेत्रलाई केन्द्रित , भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक ठेकेदारहरु लक्षित कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मकहुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कमहुने भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा काठमाडौंको बालाजु र धापासी क्षेत्रका करिब २ सय ५० जना ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योगकाे रूपमा रहेकाे सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र ग्रिन पि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि स्क्वाएर सम्म रहेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

सर्वोत्तम सिमेन्ट क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तर मा एकरुपता प्रदानगर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो  । यति मात्रनभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने र सिमेन्टको गुणस्तरमा एक रुपता प्रदानगर्न एक्सरे डिफ्राक्सनबाट परिक्षण हुने यस उद्योग नेपालकै एक मात्र सिमेन्ट उद्योगको रुपमा संचालन भईरहेको छ ।

नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्ट ले नेपालको सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादनगर्दै आईरहेको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रतिदिन रहेको र आउने समयमा ६०,००० बोरा सम्मको क्षमता बढाउने टार्गेट रहेको छ ।

नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानी भित्र्रयाई उत्पादन गर्न सक्षम यस सर्वोत्तम सिमेन्ट आइ एस ओ ९००१ गुणस्तर प्रमाणित,  १४,००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले जानकारी गराए ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: