प्रचण्डलाई ६ हजार ८२० मतको अग्रता


काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पार्दै उनले अग्रता कायम गरेका हुन् ।

दाहालले २८ हजार ३७७ मत प्राप्त गर्दा पाण्डेले २१ हजार ५५७ मत पाएका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । जसमा ९३ हजार ८२३ मत खसेको छ । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: