नुवाकोटमा बाम गठबन्धनको अग्रता, प्रतिनिधिसभा र प्रदेश सभामा कस्ले कति मत पाए ?


काठमाडौं । मंसिर २२ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको नुवाकोटमा हिजो साँझ देखि प्रदेश र प्रतिनिधिसभाको मतगणना जारी रहेको छ । नुवाकोटमा सुरुवातीका केहि बुथहरुमा मतगणना हुंदा नेपाली काँग्रेसले अग्रता लिएपनि गएराती देखि भने नुवाकोटमा बाम गठबन्धनले अग्रता लिएको छ । नुवाकोटमा प्रतिनिधिसभाको प्रत्यक्षमा दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभाका लागि निर्वाचन भएको हो । हामीलाई प्राप्त मतपरिणाम अनुसार नुवाकोट क्षेत्र नं १ को प्रतिनिधि सभामा बाम गठबन्धनका हित बहादुर तामाङले ५ हजार ९९ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका डा. रामशरण महतले ४२ सय १० मत पाएका छन् । त्यस्तै क्षेत्र नं १ को प्रदेश सभा क मा बाम गठबन्धनकी राधीका तामाङले २११६ मत पाएकी छन भने काँग्रेसका महेन्द्र थिंङले १५७१ मत पाएका छन् । त्यस्तै प्रदेश सभा ख मा बाम गठबन्धनका बद्री मैनालीले २०७१ मत र काँग्रेसका रमेश महतले १२ सय मत प्राप्त गरेका छन् ।
त्यस्तै नुवाकोट क्षेत्र नं २ मा १० हजार ५ सय ६५ मत गणना गर्दामा प्रतिनिधिसभाका उम्मेद्धवार गठबन्धनका नारायण खतिवडाले ५६१८ र नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले ३५९० र मत पाएका छन् । त्यस्तै प्रदेश सभा क मा बाम गठबन्धनका केशब पाण्डेले ३३६० मत र नेपाली काँग्रेसका जगदिश्वर नरसिंह केसीले २१०३ मत पाएका छन् । प्रदेश सभा ख मा गठबन्धनका हिरानाथ खतिवडाले २६३५ र   नेपाली काँग्रेसका जगत बहादुर तामाङ २०७१ मत पाएका छन् ।
Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: