चुनावको दिन अन्धकार हुनबाट यसरी जोगिएछ काठमाडौं


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अघिल्लो दिन बुधबार राति काठमाडौं उपत्यकालाई अन्धकार बनाउने नियतका साथ भक्तपुरमा शक्तिशाली बम बिस्फोट गराइएको खुलेको छ ।

बुधबार राति करिव ९ बजे काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुख्य लाइन भक्तपुर बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिक खेतमा गराइएको शक्तिशाली बम विस्फोटका कारण तार चुडिएको खुलेको हो ।

त्यसका कारण बानेश्वर र पाटन क्षेत्रमा करिव २० मेगावाट विद्युत आपूर्ति हुन सकेको थिएन । जसले गर्दा त्यस क्षेत्रमा अन्धकार भएको थियो । बम विस्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।

“सुरुमा त हामीलाई प्राविधिक कारणले तार चुंडिएको जस्तो लागेको थियो” प्राधिकरण स्रोतले भन्यो, “काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुुख्य त्यही लाइन भएको थाहा पाएर नै ६६ केभी लाइनमुनी बम पड्काएर काठमाडौं उपत्यकालाई अन्धकार बनाउने र चुनाव बिथोल्ने नियतका साथ बम विस्फोट गराएको देखिन्छ ।”

प्राधिकरणले निर्वाचनको संवेदनशीलता ध्यान दिएर आपतकालीन व्यवस्था मिलाई विद्युत आपूर्ति गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता किसिमका घटनाले प्रसारण तथा वितरण लाइनमा ठूलो चुनौति थपिएको बताए ।

गत वर्षबाट काठमाडौं उपत्यका लगायत मुलकभर नै लोडसेडिङ अन्त्य भएपछि यसलाई रोक्न ठूलो गिरोह नै सक्रिय छ । यस्ता गतिविधिका कारण सरकारले चालेको उज्यालो अभियान समेत प्रभावित हुने घिसिङको भनाइ छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: