काठमाडौंको मत गणना भोलि मात्र हुने


काठमाडौं । काठमाडौंको मत गणना शुक्रबार बिहानदेखि मात्र सुरु हुने भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं मतपेटिका संकलनका लागि मध्यरातिसम्म लाग्ने भएकाले शुक्रबार मात्र गणना थालिने प्रमुख निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत पोखरेलले भन्नुभयो, ‘मत पेटिका संकलनका लागि राति १ बजेसम्म लाग्ने अनुमान गरेका छौं । दलका नेताहरुले थाकेकाले राति सर्वदलीय नराख्न आग्रह गरेपछि गणना भोलि बिहानबाट सुरु गर्ने भएका छौं ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान ६ बजे राष्ट्रिय सभागृहमा सर्वदलीय बैठक बोलाएको छ ।

पाँच ठाउँमा मतगणना
मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगगणना पाँच ठाउँमा गर्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । क्षेत्र नम्बर ५ र ७ को नयाँ बानेश्वरमा रहेको सहकारी विकास विभागको तालिम केन्द्रमा र ९ र १० क्ष्ेत्रको गणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गणना हुनेछ । त्यस्तै ८ नम्बर क्षेबको गणना बबरमहलमा रहेको वन परिसर र ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा मतगणना हुनेछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: