बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो


काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीवार बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

देशका ४५ जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदानअन्तर्गत ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यसपटक मतदाताले प्रतिनिधिसभा, प्रदेशसभा र प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिक गरी ३ मतपत्रमा ४ ठाउँमा मत संकेत गर्नुपर्ने भएकाले मतदानमा केही ढिलाई भइरहेको जनाइएको छ । एउटा मतदान केन्द्रमा १ घण्टामा औसतमा ५० देखि ६० जनाले मतदान गरिरहेका निर्वाचन आयोगका एक पदाधिकारीले सेतोघरलाइलाई बताए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: