धरानमा बम विस्फोट, मतदाताको भागदौड


धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ चन्द्र संस्कृत मतदान केन्द्रमा बम विस्फोट भएको छ।

मतदाता भोट खसाल्न लामबद्ध रहेको बेला एक्कासि बम विस्फोट भएको हो। ठूलो अवाजसँगै विस्फोट भएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।

बम कसले पड्काएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। मतदान केन्द्रसँगै जोडिएको आन्तरिक राजश्व कार्यलतर्फबाट बाम फालिएको हुनसक्ने प्रहरी अनुमान छ।

बम विस्फोटपछि केही समयका लागि स्थगित गरिएको मतदान अहिले पुनः सञ्चालन भइसकेको प्रहरीले जानकारी दिएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचन बिथोल्न बम विस्फोटका श्रृंखलाबद्ध घटना गराउँदै अएको छ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: