प्रदेश ५ मुख्यमन्त्रीका दाबेदारले गरे तुलसीपुरबाट मतदान


दाङ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री पदका दाबेदार एमाले नेता शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन्। पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ केन्द्रबाट मतदान गरे।

मतदानपछि पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार पोखरेलले यो निर्वाचनले शान्ति र स्थिरता दिने बताए।

दाङ क्षेत्र नम्बर २ का प्रदेशसभा उम्मेदवार पनि रहेका पोखरेलले दाङ प्रदेश राजधानीका लागि सबैभन्दा उपयुक्त स्थान भएको दाबी गरे।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: