मैतिदेवीमा मत हाल्दै गगनले भने : गगन थापाले आँफै बम पड्कायो भन्नेहरुप्रति मेरो घृणा छ


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफै बम पड्काए भनी हल्ला फैलाएकोमा घृणा र दुःख लागेको बताएका छन् । मैतीदेवी केन्द्रमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “आफैले आफैमाथि बम हान्यो भनी अनुमान गर्न सजिलो छ, यस्तो अनुमान ज्यादै अमानवीय, क्रुर र असंवेदनशील हो ।”

“३ जना साथीले मतहाल्न सकेनन् १ जना साथी डिस्चार्ज भए । टाउकाको दुःखाई सामान्य हुँदैछ, ढाडमा केही समस्या छ,” गगनले अगाडि भने, “संविधान बनिसकेको छ अब मेरो पहिलो काम संविधानमा रहेका कानुन र नीति नियमलाई व्यवहारमै लागु गर्ने हुनेछ ।”

अबको १५ वर्षपछि नेपाल समृद्ध बन्ने उनको भनाइ छ । कांग्रेसको सरकार आएपछि नेपालमा कोही पनि गरिव र सुकुम्बासी नरहने दाबी गर्दै उनले भने, “सबै धनी र हुनेखाने हुन्छन्, त्यसैले कांग्रेस गरिब र सुकुम्बासीको पार्टी हुने छैन ।”

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: