तेह्रथुममा पैसा बाँड्दा–बाँड्दै एमालेका कार्यकर्ता रंगेहात समातिए


१ मंसिर । तेह्रथुममा बाम–गठबन्धनका कार्यकर्ताले मतदातालाई प्रभावित पार्न पैसा बाँड्दा बाँड्दै कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवारले पक्राउ गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले पैसा बाँड्दै गरेका एमाले कार्यकर्ताहरु सभा पौडेल र गोपाल खापुङलाई बुधबार रंगेहात फेला पार्नुभएको हो ।

कांग्रेस उम्मेदवार ढुंगानाले केही नगद रुपैयाँ सहित भेटिएका पौडेल र खापुङलाई प्रहरीलाई जिम्मा लगाउन पठाउनुभएको थियो । तर एमाले कार्यकर्ताहरुले पुनः मतदाताको स्वाभिमानी मत खरिद गर्न प्रयास नगर्ने शर्तसहित माफी मागेपछि दिएको रकम फिर्ता गराई उनीहरुलाई छाडिएको कांग्रेस उम्मेदवार ढुंगानाले बताउनुभयो ।

बुधबारै लालीगुराँस नगरपालिकाको सोल्मामा पनि एमालेका नेताहरुले पैसा बाँड्दै गर्दा कांग्रेस कार्यकर्ताहरुले फेला पारेका थिए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: