दोस्रो चरणको निर्वाचन आज, ३८४ जनप्रतिनिधिका लागि ४५ सय उम्मेदवार चुनावी मैदानमा


काठमाडौँ । दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज हुँदैछ। पहिलो चरणको निर्वाचन सकिएको ११ दिनपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था सुदृढ रहेकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले मतदातासँग यसअघि नै अपील गरेको छ।

दोस्रो चरणमा आज ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ४५ जिल्लामा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

मतदानका क्रममा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाउन मतदानमा अधिकृतहरुलाई निर्वाचन आयोगले निर्देशनसमेत दिएको छ।

गृह मन्त्रालयले निर्वाचन सरक्षाको सवै प्रक्रिया पूरा गरिसकेको बुधबार नै जनाएको थियो। आकस्मिक अवस्थामा हेलिकप्टरबाट समेत अनुगमन र सुरक्षा टोली परिचालन हुनेछ। कुनै पनि घटनामा १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन्। एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। त्यसैरी, थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उनले बताए।

निर्वाचनको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको छ। यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिर सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: