ह्यासट्याग मी टु अभियान टाइमको ‘पर्सन अफ दि इयर’ घोषित


काठमाडौं । टाइम म्यागेजिनले यौन दुर्व्यवहारविरोधी अभियान ह्यासट्याग मी टुलाई ‘पर्सन अफ दि इयर’ घोषित गरेको छ। हलिउड निर्माता हार्भी वाइन्सिटनको यौन दुर्व्यवहारबारे खुलासा भएसँगै सामाजिक सञ्जालमा सुरु भएको मी टु अभियानमा दशौँ लाखले आफ्नो पीडा सार्वजनिक गरेका थिए।

‘यो हामीले दशकौँमा देखेकामध्ये सबैभन्दा छिटो अघि बढेको सामाजिक परिवर्तन हो,’ टाइम म्यागेजिनका प्रधानसम्पादक एडवार्ड फेल्सेन्थालले भने, ‘यो सयौँ महिला र केही पुरुषको पनि साहसिक प्रयासबाट सुरु भयो र उनीहरु आफ्नो कथा भन्न अगाडि आए।’

टाइमले उनीहरुलाई ‘मौनता तोड्नेहरु’ को संज्ञा दिएको छ।

यो वर्ष टाइमको ‘पर्सन अफ दि इयर’ का फाइनलिस्टका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, उत्तर कोरियाली नेता किम जोङ उनलगायतका व्यक्ति मनोनित भएका थिए।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: