काठमाडौंका १० वटा क्षेत्रको मतगणना पाँच ठाउँमा हुने


काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगगणना पाँच ठाउँमा हुने भएको छ । सम्बन्धित क्षेत्रको अधिकृतको कार्यालय रहेको ठाउँलाई नै आयोगले गणनास्थलका रुपमा प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेले जानकारी दिएका छन् ।

उनको अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । क्षेत्र नम्बर ५ र ७ को बिजुलीबजारमा रहेको सहकारी विकास विभागको तालिम केन्द्रमा र ९ र १० क्षेत्रको गणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गणना हुनेछ ।

त्यस्तै ८ नम्बर क्षेबको गणना बबरमहलमा रहेको वन परिसर र ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा मतगणना हुने पोखरेलले जानकारी दिनुभयो । काठमाडौंका १० निर्वाचन क्षेत्रमा सात सय ३१ मतदान केन्द्र र तीन सय ९ मतदानस्थल छन् ।

बिहीबार बेलुका मतपेटिका संकलन भएपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: