चुनावको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपील


काठमाडौं । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ ।

४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने-”एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ ।”

मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: