शिवपुजन यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सर्लाहीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।

यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए ।

सो उम्मेदवारी खारेजीकाविरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाऊ आदेश जारी गरी छलफलका लागि बुधबार (आज)लाई बोलाएको थियो । रासस

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: