सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काठमाडौंमा हुने


काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक मंसिर २५ देखि २७ गतेसम्म सार्क सचिवालयमा हुने भएको छ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए।

सहसचिव भट्टराईको नेतृत्वमा हुने बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।रासस

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: