कुनै स्थानमा घटना भए ५ मिनेटमा पुग्छौं : प्रहरी


काठमाडौं । नेपाल प्रहरीले भोलि हुने निर्वाचनका लागि सुरक्षाको मजबुत व्यवस्था गरिएको बताएको छ । निर्वाचनको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा ६५ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिएको छ ।

थप सुरक्षाकर्मी र हवाई सुरक्षाको पनि प्रवन्ध मिलाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । कुनै स्थानमा केही भएमा ५ मिनेटभित्रै सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि कुल जनशक्तिको करिब ९० प्रतिशत परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: