अबको आशा, विवेकशील नै हो सबैको साझा : रमेश महर्जन


काठमाडौं । लोकतन्त्रको लागि नेपाली जनताहरुको लामो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट मुलुकले संघीय राज्यव्यवस्था सहितको नयाँ संविधान पाएको छ ।

संविधान कार्यान्वयन गदैँ जनताका विकास र संमृद्धिका आकांक्षाहरुलाई सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी बोकेको नेपाली राजनीति भने लोकतान्त्रिक मूल्य मान्यता विपरीत राजनीतिक विकृति र भ्रष्टाचारले बिसौ शताब्दि देखिन थला पारेर बसेको छ ।

हामीहरुले आशा गरेको विकास र संमृद्धिको उच्च आकांक्षा पुराना पार्टीहरुबाट सम्बोधन नहुने देखिएपछि नेपाली समाजमा सुसंस्कृत वैकल्पिक राजनीतिक नयाँ खालको योजनासहित हाम्रो विवेकशील साझा पार्टीको स्थापना भएको हो । यसैलाई सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन विवेकशील र साझा पार्टी उम्मेदवारहरुले काठमाण्डौं र ललितपुरमा पाएको सम्मान जनक मत संख्याले पनि सबैमा पुष्टि गर्दछ ।

विवेकशील साझा पार्टी नै किन ?
लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्नकै लागि नेपाली जनताहरुको कठोर त्याग, बलिदान र उत्सर्ग सहितको निरन्तर सङ्र्षलाई अहिले हामीकँहा भएका ठूला दल भन्नेहरुले जहिले पनि नेतृत्व प्रदान गरे । तर लोकतन्त्रको स्थापनपछि राजनीतिक दलहरुको संगठनात्मक स्वरुप र राजनीति चरित्र, कार्यशैली दल नेता र सीमित कार्यकर्ताको स्वार्थमा राज्य स्रोतको अध्यधिक रुपमा दुरुपयोग गर्दै गए । परिणामस्वरुप मुलुक अहिले भष्टाचारको ठूलो दलदलमा पस्न पुग्यो । जनताको विकास र संमृद्धिको आकांक्षा पराम्परागत दलहरुबाट सम्बोधन हुन नसक्नेमा ती आफूलाई ठूला दल भन्नेहरुबाट सुन्ििश्चत जस्तै भएको छ । र जनताहरुले अहिले नयाँ शक्तिको आवश्यकताको महशुस गरेको छ, त्यो शक्ति भनेकै विवेकशील साझा पार्टी हो । सम्पूर्ण नेपाली दाजुभाइहरुमा अबको आशा भनेको नै विवेकशील साझा पार्टी मात्र हो भन्ने खालको सन्देश आज देशव्यापी रुपमा गएको छ ।

त्यसैले मुलुक नयाँ र सुसंस्कार सहितको राजनीतिक विकास र निकास दिनकै लागि आज आम रुपमा नेपाली जनताहरुले विवेकशील साझा पार्टीतर्फ केन्द्रीत भएको देखिन्छ । अहिलेको प्रमुख आवश्यकता भनेको यहि हो, जस्तो मैले महसुस गरेको छु, महर्जन भन्नुहुन्छ । म एउटा उद्योगी भएको नाताले गर्दा आज अर्थराजनीतितर्फ केन्द्रीत हुन गए । किन भन्दा यहाँभित्र उद्योगीहरुलाई काम गर्न अत्यन्तै असहज छ, हामीकँहा केही काम गर्न गयो भने ती काम एक दिनमा हुने काम बर्ष दिन लाग्ने गर्छ । पहुँज हुने खानेले त छिटो नै गर्लान तर केही नभएको व्यापारीहरुले ती काम कसरी गर्दछन् यी खालको गलत राजनीतिले जरा गाडेर यो देशलाई उधोगतितर्फ केन्द्रीत गर्ने भएकोले गर्दा पनि आज मैले अर्थ राजनीतिलाई केन्द्र बिन्दुमा राखेर मैले नेपाली जनताहरुको सेवा गर्नेतर्फ म केन्द्रीत भएको छु । अवश्य पनि ती खालको सबै तह र तप्कामा रहँनु भएको मान्यजन आदारणीय व्यक्तिहरुले मलाई माया गरी अमूल्य मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त रहेको छु । विकास निर्माण र पूर्वाधारका क्षेत्रहरुलाई अघि बढाउँदै हरेक खालको स्रोतहरुको खोजी गर्नु नै हाम्रो पार्टीको चुनाब जित्ने प्रयाप्त आधारहरु हुन् ।

सहभागितामूलक लोकतन्त्र
लोकतन्त्रको लामो अभ्यास गरिसकेका केही समृद्ध मुलुकहरुको हालैको निर्वाचनमा जनताको अनपेक्षित जुनखालको अभिमत देखियो । यसको कारण राज्यको नीति निर्माणको तहमा जनताका प्रतिनिधिको एकाधिकार र जनताको सहभागिता प्रतिविम्बित नहुनु जस्ता कुरालाई औंल्याइको छ । निर्वाचन प्रतिनिधिहरुका हरेक खालका निर्णयहरु जनताप्रति उत्तरदायी हुनुपर्ने, संघीय विकेन्द्रीकरण जस्ता माध्यमबाट राज्यको शक्ति सम्भव भएसम्म जनताको तहमा निक्षेप हुनुपर्ने, हरेक नागरिकहरुले राज्यको संयन्त्रसँग संचालनमा अपनत्व महसुस गर्न सक्ने जस्ता कुराहरुको प्रत्याभूतिले सहभागितामूलक लोकतन्त्रको सुनिश्चितता हुने आम रुपमा नेपाली जनताहरुको धारणा रहेको छ । यी खालको सबै पक्षहरुको आत्मसाथ गर्दै नेपाली जनताहरुसँगको हार्दिकतालाई मध्यनजर गर्ने काम आगामी दिनमा विवेकशील साझा पार्टीले गर्नेनै छ ।

नीजि क्षेत्रहरुको सिर्जनशीलता र उत्पादनशीलतालाई पहिलो प्राथमिकता
निजी क्षेत्रहरुको सिर्जनशीलता र उत्पादनशीलता कायम राख्ने र एकातिर शास्त्रीय पुँजीवादका अवधारणाहरु र अर्कोतर्फ सबैलाई चाहिने र लोकतन्त्रका बलियो आधार मानिएको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत, जडिवुटी, सार्वजनिक यातायातलगायतमा राज्यको दायित्व र भूमिका जस्ता समाजवादी मान्यता दुवैलाई जोड्ने अवलम्बन गरिने लोककल्याणकारी राज्य सहितको समन्वयात्मक बजार अर्थतन्त्र घोषित र अघोषित उदारवादी र समाजवादी ठानिएका दुवैथरीको संकट भएको अवस्थाबाट हामी दिनप्रतिदिन गु्रजिरहेका छौं । यो खालको वर्तमान परिपेक्ष्यलाई मान्यता र आत्मसाथ गर्दै यी लगायतका प्रणालीहरुको खोजी गर्न र तमाम रुपमा नेपालको अर्थतन्त्रलाई माथि लानको लागि हाम्रो पार्टीले महत्वपूर्ण भूमीका निर्वाह गर्नेनै छ । हाम्रो पार्टीको मूख्य मान्यता भनेकै नेपाललाई के कसरी संमृद्धिको दिशातर्फ अघि लाने र यहाँ भएको हरेक खालको रिसोर्सेजहरुलाई जनतास्तरसम्म कसरी लान सकिन्छ भन्ने नै हो । नेपालीहरु गरिब छैनन्, तर सरकारमा रहेर सधैभरी हाली मुहाली गर्ने ठूला पार्टी भन्नेहरुको गलत खालको सोच बिचार र चिन्तनकै कारण आज मुलुकले यो अवस्था भोग्न गएको हो ।

विवेकशील साझा पार्टीले जित्ने आधारहरु
हामीले सबै नेपाली जनताहरुलाई भन्न चाहन्छौ । “अबको आशा, विवेकशील नै हो सबैको साझा” यस पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व गर्नै गरी स्पष्टसँग विवेकशील साझा पार्टीले नेपाली जनताहरुलाई स्पष्ट भन्दै आएको छ । हामीले जनताहरुसँग अन्य राजनीति पार्टीहरुले जस्तो ढाट्न जान्दैनौं र समाजमा जुन खालको राजनीतिक गलत संस्कारको ठूला भन्ने दलहरुले बसाल्दै आएका छन् । यो छोटो समयमा हामीहरुले धेरै काम गर्दै आएका छौ, ती हाम्रो पार्टीले जनस्तरमा गरेको कामलाई हेरेर नै आज हाम्रो माहोल धेरै बढेको छ । पार्टी भनेको त यस्तो पो हुनु पर्दछ भन्ने राम्रो सन्देश आज सबै नेपालीहरुमा गएको छ । यी खालको काम गर्ने नयाँ सोच र विचार सहितको आफ्नो योजना जस्ताको तस्तै जनता माझमा लाने पार्टीलाई पो आफ्नो अमूल्य मतदान दिनु पर्दछ भन्ने तर्क धेरैबाट आएको छ, त्यो नै हाम्रो साझा विवेकशील पार्टीको चुनाव जित्ने प्रमुख आधार हो । अवश्य पनि यी खालको नयाँ विचार र भिजनका साथ हाम्रो पार्टीले राम्रो स्थान ल्याउने छ र नेपाली जनताहरुलाई त्यही रुपमा हामीहरुले न्यायिक रुपबाट आफूहरुले जहिले पनि कुनै नेता बन्ने भन्दा पनि जनताहरुकै जनजीविकाहरुसँग प्रत्यक्ष सँगसँग रहेर हाम्रो पार्टीले काम गर्नेछ र नेपाललाई आर्थिक संमृद्धिको बाटोतर्फ अघाडी लानको लागि जहिले पनि काम गर्दछ ।

हाम्रो पार्टीको मूख्य सिदान्त भनेकै आफूहरुले कहिल्यै पनि गल्ती नगर्ने र ठूला भन्ने दलहरुले गरे भने पनि भण्डाफोर गर्दै जनताहरुलाई के कसरी स्थायीत्व हुने काम गर्न सकिन्छ र मुलुकको विकास निर्माणसँग आफ्नो प्रत्येक नेपालीहरुको गास, बाँस र कपासको समेत परिपूर्ति गर्नको लागि हामीसँग प्रयाप्त मात्रमा आधारहरु रहेका छन् त्यो भनेको हाम्रो विवेकशील साझा पार्टीको एउटा नयाँ खालको जनस्तरको बीचमा लाने नयाँ खालको योजना हो । अबको विकाश निर्माण र पूर्वाधारको क्षेत्रलाई माथि लानको लागि पनि हिमालदेखी पहाडसम्मकै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रो तराजु चिन्हमा मतदान गरी विवेकशील साझा पार्टीलाई देशभरबाट अघाडी बडाउनु हुनेछ भन्ने मैले पुर्ण रुपमा विश्वस्त रहेको छु ।

अन्तमा, म के भन्न चाहन्छु भने जसले नेपालको माटोको अर्थ राम्रोसँगले बुझेको छ, नेपाली जनताहरुसँग राम्रोसँग सम्बन्ध राख्दछ, जनताहरुलाई कहिल्यै ढाट छल कपटी गर्दैनन्, ती खालको पार्टी भनेकै साझा विवेकशील पार्टी मात्र हो, अन्य पार्टीहरुले यो देशलाई एउटा गलत खालको संस्कारतर्फ उन्मूख बनाउँदै आएकाछन् ती खालको गलत विचार र गलत खालको राजनीति संस्कारको हामी जोरदार विरोध गर्दै अब नेपाललाई के–कसरी मुलुकलाई समृद्धितर्फ लान सकिन्छ, के कसरी सम्पूर्ण नेपाली जनताहरुको आर्थिक अबस्था मजवुत बनाउन सकिन्छ भन्ने नयाँ योजनासहति राजनीति संस्कारको प्रतिनिधित्व गर्ने पार्टी भनेकै नेपालमा एउटा मात्र विवेकशील साझा पार्टी रहेको छ । यी लगायत धेरै अन्य ठूला योजनाहरुको बीचमा हामीहरु तपाइहरुको घर दैलोमा आइरहेका छौ । तपाहरुको अमूल्य भोट विवेकशील साझा पार्टीको तराजु चिन्हमा दिएर आफ्नो अमूल्य भोटको समयमा नै सही रुपबाट सदुपयोग गर्नुहोस् र हाम्रो पार्टीलाई देशभरबाट अग्र स्थानमा ल्याउनकै लागि सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मतदान गर्नुहोस् भन्न चाहन्छु ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: