कला र गला मार्फत पनि नेपाललाई अन्य देशहरुसँग चिनाउन सकिन्छः गायिका गौतम


सरु गौतम नेपाली गायन र संगितको क्षेत्रमा एक उदाउँदो गायिका हुन् । उनले नेपाली दर्शक र स्रोताको बीचमा धेरै मन छुने गित गाएर एक चर्चाको शिखरमा पुग्न सफल भएकी छिन् ।
नेपाली संगितको क्षेत्रमा उनी एक छोटो समयमा एक चर्चा कमाउँन अघि बढ्ने एक अत्यन्तै मेहेनती र धेरै श्रोताहरुले आशा गरेका गायिका हुन् । सायद उनको ठाउँमा यति छोटो समयमा उक्त स्थानमा आइपुग्नको लागि धेरै नै समय लाग्ने कुरा उनलाई नजिकबाट चिन्नेहरुले बताउँदछन् ।

काभ्रे जन्मथलो भई नेपाली सांस्कृतिक बजारमा चर्चामा रहेकी युवा गायिका सरु गौतमले आफ्ना दर्शक तथा श्रोताका लागि विगतको केही दिन यतादेखीन राम्रा–राम्रा खालको मन छुने खालका गित र म्युजिक भिडियोहरु बजारमा ल्याएकी छिन् । उनले आफ्ना प्रस्तुती मार्फत नेपाली संगितप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएकी छिन् ।

उनले नेपाली बजारमा श्रोताहरु बीचमा नयाँ–नयाँ खालका मन छुने सांगीतिक कोशेलीहरु छोटो समयमा पस्कन सफल भएकी हुन् । झट्ट हेर्दा धेरैलाई बुझ्न सजिलो पनि हुन्छ, र उनको शारिरीक स्टकचरले प्रष्ट पार्दछ । उनले आफ्नो बहुप्रतिभाकै कारण कला र गला मार्फत आफूलाई नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत एउटा कलिलो युवा गायिकाको रुपमा आफूलाई चिनाउन उनी सफल भएकी छिन् ।

गौतम भन्छिन्, आफूले अझै पनि नेपाली गायन क्षेत्रमा यो भन्दा पनि अझ लय र भाका मिलेको मिठा खालका शब्दहरु सिक्ने र खेलाउन नै बाँकी रहेको कुरा गौतम बताउँछिन । यो मेरो धेरै कुराहरु सिक्ने र मिहिनेत गर्ने समय हो । उनी थप्छिन् । अवश्य पनि काम गदैँ जादा खेरी भोली अन्तर्राष्ट्रय जगतमा चिनाउने एउटा सफल गायिकाको रुपमा आफू स्थापित हुन सकिने कुरा गायिका सरु गौतम बताउँछिन् । मलाई बाल्य अवस्थादेखी नै गित र संगीतको क्षेत्रमा बढी भन्दा बढी रुची रहेको थियो । र आफू पछि एक असल संगीतकर्मि बन्छु भन्ने उनमा थियो । उनको जन्म काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ४ मा बुबा साधुराम गौतम र आमा बिष्णुमाया गौतमको गर्भबाट उनको जन्म भएको थियो । परिवारमा एक जना दाई एक जना भाई र पाँच दिदीबहिनी रहेका छन् ।

संगितको क्षेत्रमा तपाई लागेको कति भयो ?
यो क्षेत्रमा लागेको म ८ बर्ष जति भयो । मलाई गित र संगितको क्षेत्रमा सानै देखिन रुची भएकै कारण आफू यो क्षेत्रमा नै इन्भल्व भएको कुरा गौतम बताउँछिन् । वि.सं. २०६२–०६३ को जनआन्दोलनबाट गित गाउँदाखेरी म काभ्रेपलान्चोक जिल्लामा पहिलो भएको थिएँ । त्यही भएर पनि सबैजना आफन्तहरुबाट राम्रो खालको हौसल्ला पाए र उनी अहिले यहि क्षेत्र रोज्न पुगिन ।

संगीत क्षेत्र कस्तो हो जस्तो लाग्छ, यहाँलाई ?
गित संगीत क्षेत्र अत्यन्तै राम्रो क्षेत्र हो । यो क्षेत्रमा साच्चिनै भन्नु पर्दा अपार शक्ति नै शक्तिको अपार खानी भएको क्षेत्र हो । आफ्नो कला र गला मार्फत सम्पूर्ण कलाकारहरुले आफुहरुलाई अग्र स्थानमा लान सफल भएका छन् । तर अहिले यो क्षेत्रमा पनि केही न केही थौरै विकृति आएको छ, जस्तो मलाई लाग्छ ।

तपाईले यही क्षेत्र किन रोज्नु भयो त ?
संगीत नै रोज्नुको कारण भनेको सानै देखिन यो क्षेत्रमा लाग्नु पर्दछ भन्ने मैले बुझे र ममा त्यही क्षेत्रप्रति राम्रो खालको नै ज्ञान र रुची बस्यो । स्कूल र कलेजहरुको कार्यक्रममा समेत म प्रथम भएर स्रोत र दर्शकहरुको बीचमा उभिन सफल भएकी छुँ । र म संगीतमा नै मलाई एउटा ठूलो प्यास नै बसिसकेको छ । यो क्षेत्रलाई के कसरी माथि लान सकिन्छ भन्ने तिर जहिले पनि म केन्द्रीत भएको हुन्छु ।
तपाईले अहिलेसम्म के कति गित नेपाली बजारमा दर्शक र श्रोता माझमा ल्याउनु भयो त ?

महिले अहिले सम्म श्रोता र दर्शकहरुको बीचमा ६० भन्दा बढी गितहरु गाइसकेको छु भने ८ वटा जति मुभीको फिल्महरुमा रेकडिङ्घ गरेको छु । र मेरो गितको बोल देहायबमोजिमको रहेको छ : अपार माया हाम्रो कहिल्यै पनि टुटदैन, तिम्रो र मेरो सम्बन्ध टुट्यो, किन रुन्छ मन, के यो माया हो , हिमाल हल्लाउन सक्छु,,मोल हो कि अनमोल हो, मेरा आशु झर्दा तिमी कँहा छेउ लगायतको दर्जनौ दर्जन गित गाएर उनले आफूलाई नेपाली श्रोताहरुको बीचमा आफूलाई उभ्याउन सफल भएकी छिन् ।

यहाँलाई सबैभन्दा राम्रो मन पर्ने संगीतकारहरुको नाम लिनु पर्दा कस्को नाम लिन चाहनुहुन्छ ?
टंक बुढाथोकी, थानेश्वर गौतम, सुरेश अधिकारी, बसन्त सापकोटा, विपीन आचार्य, अर्जुन पोखरेललगायतको नाम लिन चाहन्छु ।

यहाँलाई यसो हेर्दा पनि सानो उमेरको जस्तो देखिन्छ, कति बर्ष हुनुभयो ?
म अहिले २४ बर्षको भएँ ।

तपाईले अध्ययन भने के कति गर्नु भयो त ?
मैले एसएलसी भने काभ्रेपलान्चोक जिल्ला रोशी माविबाट २०६४ सालमा एसएलसी फस्ट डिभिजनमा पास गरे । त्यसपछिको अध्ययन भने डिल्लीबजार कन्या बहुमुखी क्याम्पसबाट हेल्थमा ब्याजलर गरेको र आफू अझै पनि अध्ययन गर्दै रहेको र म्यूजिक र संगीतमा भने विभिन्न खालको अध्ययन गरिरहेको छ, गौतम बताउँछिन् ।

श्रोता र दर्शकहरुको बीचमा यहाँले अझै पनि केही भन्न मन छ कि ?
मैले अहिलेसम्म गाएको गितहरुलाई यहाँहरुले राम्रोसँगले एकैछिन भए पनि सुनिदिनुहोला, अहिले सबै भन्दा सजिलो बनाएको छ, प्रविधिहरुले पनि संसारलाई । युटुबमा गएर हेरिदिनुहोला । अरु मेरो गितमा केही त्यस्तो खालको भाषा, लय, छन्दमा तलमाथि पर्न गएको भए सही खालको सल्लाह सुझाव दिएर मलाई यो भन्दा पनि माथि पुग्नको लागि श्रोता र दर्शकाहरु नै भगवान हुने भएकाले यी खालको सल्लाह सुझावको लागि म सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

संगीतमा यहाँको भावी नयाँ केही योजनाहरु रहेको छ कि ?
म अहिले संगित पनि सिक्दै छु, नयाँ–नयाँ खालको दर्शक र श्रोताहरुको बीचमा नयाँ–नयाँ खालको गितहरु ल्याएर पस्कने जमर्को गरिनै रहेको छु । आउँदो दिनहरुमा सबै जनाको माया, साथ सहयोग, सपोर्ट पाउँदा खेरी अझ म संगीतलाई अझ माथि लानको लागि सहज हुने कुरा मैले महसुस गरेको छु । सही खालको गन्तव्यमा पुग्न सकिन्छ जस्तो मलाई लाग्छ । के कसरी समाजमा र श्रोताहरुको बीचमा नयाँ–नयाँ खालको गित ल्याउन सकिन्छ भन्नेतर्फ मेरो ध्यान केन्द्रीत भएको हुन्छ । नेपाली बजारमा आएको धेरै गितहरु रहेकाछन् तिनीहरु भन्दा फरक तरिकाबाट के कसरी श्रोताहरुलाई सचेतना जगाउने खालको गितहरु गाउने भन्नेतर्फ नै मेरो ध्यान केन्द्रीत भएको हुन्छ । आशा छ, मलाई अवश्य पनि आगामी दिनहरुमा म श्रोता र दर्शकहरुकै माया र स्नेहकै कारण नेपाली गित संगीतलाई माथि लान सक्छु भन्ने आशा मैले गरेको छु ।

यहाँलाई मन पर्ने राष्ट्रिय नेताहरुको नाम लिनु पर्दा कस्को नाम लिन चाहनुहुन्छ त ?
मलाई मन पर्ने नेताहरुको नाम लिनु पर्दा धेरै नै राष्ट्रिय स्तरमा रहेका नेताहरु हुनुहुन्छ, तर मैले भन्नुपर्दा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओली शर्माको नाम लिन चाहन्छु । किनकी उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो देशको शिर उच्च राख्ने काम गर्नु भएको छ ।

तपाई मन पर्ने हिरो र हिरोनीहरुको नाम लिनु पर्दा क कस्को नाम लिन चाहनुहुन्छ ?
हिरो र हिरोनीहरुको नाम लिदा दिलिप रायमाझि र निरुता सिंहको नाम लिन चाहन्छु ।

तपाईलाई मन पर्ने ठाउँ कुन हो जस्तो लाग्छ, यहाँलाई ?
मलाई मन पर्ने ठाउँ त नेपालमा धेरै नै रहेको छ, तर पनि अलि बढी भन्दा कैलालीको टिकापुर मलाई धेरै नै बढी मन पर्छ

तपाईलाई मन पर्ने खानाहरु के–के हुन ?
मलाई मन पर्ने खानाहरु भनेको सामान्य दाल, भात, तरकारी, गुन्दु्रक, अचार, सागलगायतका खानाहरु मलाई मन पर्छ ।

तपाईले कुनु कुन देशको भ्रमण गर्नु भएको छ नि त ?
मैले सिङ्गापुर, थाइल्याण्ड, चाइना, इण्डिया, दुवै लगायतको देशहरुको भ्रमण गरेको छु ।

संगितको क्षेत्रहरुमा के कति आम्दानी हुन्छ त ?
सामान्य तया काम गर्र्दा कमाई त भइ नै हाल्छ नि तै पनि मलाई कमाई सन्तोष जनक नै हुन्छ जस्तो मैले बुझेको छु ।

प्रेम गर्ने बेला पनि हुना लागको जस्तो छ, यहाँको नै शब्दमा भन्नुपर्दा पे्रम के हो जस्तो लाग्छ, यहाँलाई ?
प्रेम के हो जस्तो लाग्छ भन्दा उनी भन्छिन्, एक अर्कामा नभई नहुने त्यस्तो चिज हो जुन चिज अरुहरुमा त्यो पाइन्न । र प्रेम भनेको नै एक आपसमा मिलाउने कसी हो जस्तो मलाई लाग्छ ।


यहाँले प्रेमको बारेमा केही त्यस्तो सोच्नु भएको छ, सोच्ने बेला त भइनै सकेको छ नी, होइन ?
यहाँले गरेको कोशसन अत्यन्तै राम्रो छ, तर पनि मैलै अहिलेसम्म त्यो खालको कुनै पनि सोच्ने समय नै ममा छैन, किनकी अहिलेको समय भनेको मेरो करिअर के कसरी माथि लानी र संगीतको क्षेत्रहरुलाई कसरी माथि लानी भन्ने नै हो । त्यो भन्दा मैले अरु दाया बायाँ सोच्न नै सकेको छैन् ।

परिवारमा यहाँको को को हुनुहुन्छ नि ?
हाल मेरो परिवारमा आमा बुबा ठूला दाईको छोरा भाइ र म नयाँ बजारमा बस्दै आएका छौं ।

अन्तमा यहाँलाई केही भन्न मन छ कि ?
सर्वप्रथम त म यहाँलाई यो स्थान दिनु भएकोमा यो राष्ट्रिय आर्थिक मासिक पत्रिकालाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु । र मेरा अनुभव संगितलाई माया गरेर ममा रहेका जुन जुन खालको सांगीतिक कोशेलीहरु रहेकाछन् ती कुराहरुलाई यहाँले प्रष्टसँगले श्रोताहरुको बीचमा पु¥याउने जुन समय दिनु नै मेरा लागि अत्यन्तै खुशीको कुरा हो । यस अर्थमा पनि म फेरी पनि पत्रिका परिवारलाई धन्यवाद साथै अन्तमा सम्पूर्ण पाठक श्रोता र दर्शकहरुलाई जे जति मैले आजको दिनसम्म गितहरु गाउँदै आएको छु । मेरो फेसवुक पेज ( Saru Gautam) मा गएर पनि मलाई सक्दो सल्लाह सुझाव दिई सहयोग गरिदिनुहोला भन्न चाहन्छु ।

 

-प्रस्तुती गीता खड्का-

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: