१०,००० भन्दा माथि मत ल्याएर चुनाव जितेर देखाउँछु : बस्नेत


भक्तपुर । नेकपा एमाले भक्तपुरले महेश बस्नेतलाई अत्यधिक साहनदारको साथका बीचमा गरेको घरदैलो चुवानी कार्यक्रम यही मंसिर १७ गते नेकपा एमाले भक्तपुर नगरसभाको हलमा सम्पन्न भएको छ ।
नेकपा एमाले भक्तपुर बोडे नगरले आयोजना गरेको घरदैलो कार्यक्रममा विभिन्न बाजा–गाजा सहित २०, ००० भन्दा माथिको विशाल उपस्थितीको बिचमा आम रुपमा भक्तपुर बोडे, निलवाराही, धुन्चेपाखा, मगरगाउँ, चारदोबाटो सरसस्वती खेललगायतकाबासिहरुको उल्लेख्य उपस्थितिमा उक्त चुनावी घोषणा सभा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेकपा एमालेका प्रभावशाली नेता तथा कार्यकता, नेपाली काग्रेस बोडेका २०० भन्दा बढी युवा कार्यकर्ता, नेपकिपाका युवाहरु, कानुन व्यवसायी, व्यापारी विभिन्न प्रतिष्ठित व्यक्ति र पत्रकारहरुसहितको व्यापक रुपमा उपस्थिती रहेको कुरा भक्तपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनु भएको छ ।

हाम्रीले चुनाव जितिसक्यौं मात्र अब घोषणा हुन बाँकी रहेको छ । सो कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा नेपाली युवाहरुका आशाका किरण भक्तपुर २– बाट प्रतिनिधि सभाका उम्मेदवार तथा विकास प्रेमी युवा नेता महेश बस्नेतले मेरो जितलाई कसैको तागत र शक्तिले रोक्ने र छेक्ने वाला छैन, समग्र भक्तपुरका आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरु जागिसकेको यो अवस्थामा आफूले १०,००० भन्दा माथि साहनदारको साथमा मत ल्याएर चुनाव जित्ने घोषणा गर्नुभएको छ । भक्तपुरका जनताहरुको त्यो खालको म्याण्डेटलाई नेपाली काग्रेसका उम्मेदवार दमनाथ ढुङ्गाना आत्तिएर छटपटाइ रहेकाछन् । उनका कार्यकर्ताहरु स्वयम् काँखा र पाखा लागि सकेका छन् ।

आज तिनै दमनाथ ढुङ्गाना हुन्, हिजो भारतले ६ महिनासम्म नाकावन्दी लगाएर तमाम नेपालीहरुलाई दुख कष्ट दिदाखेरी यो खालको नाकाबन्दी भारतले लगाएको होइन, यो तराईका केही नेताहरुले पो लगाएको हो भनेर हिड्ने दमनाथ आज के कसरी जनताहरुलाई भोट माग्न जान्छन्, यी खालको उनीको गलत विचारको आज तिनै आफूलाई कांग्रेसी कार्यकर्ता भन्नेहरुले समेत दमनाथलाई साथ दिन छाडिसकेकाछन् । तिनै कांग्रेसी कार्यकर्ताहरुले स्वयम् ठाउँठाउँमा मलाई भोट मागेर हिडिरहेकाछन्, सायद तपाइहरुले नै हेर्नुहोस्, आज यही विशाल वोडे नगरसभामा भएको चुनावी सभामा नै हेर्दा उदाहरण काफी छ । धेरै कांग्रेसका युवा साथिहरु मैले देखीरहेको छु । यो खालको कांगेसी युवा साथिहरुको लहरले मलाई नयाँ थप जिम्मेवारी बढेको छ । अनि दमनाथले भक्तपु २– मा कोबाट भोट पाउँनुहुन्छ, यो मेरो उहाँलाई प्रश्न रहेको छ ? कतै नेपाली कांगेस भक्तपुर २ को उम्मेदवारी त जफत हुने होइन, मलाई यसतर्फ पो चिन्ताको विषय बन्न गएको छ, बस्नेत भन्नुहुन्छ ।

भक्तपुरमा छरिएर रहेको विकास निर्माणका कामहरुलाई मैले कहिल्यै आफूले यो क्षेत्रबाट चुवान हार्दा समेत म जनताहरुसँगै रहेर उक्त सेवामा लाग्ने एक भक्तपुरको विकासप्रेमी नेताको रुपमा आफूलाई अग्र स्थानमा चिनाएका बस्नेतले यस क्षेत्रका जनताहरुको सुख दुखमा जहिले पनि साथ दिदै आउँनु भएको छ । आज मप्रति भक्तपुरको जनताहरुको ठूलो माया र अपेक्षा रहनु भनेको यही हो । यो खालको ठूलो विश्वासलाई मबाट कहिले पनि बिर्सने छुइन, बस्नेत भन्नुहुन्छ ।

मैले यो क्षेत्रको विकासको लागि धेरै नयाँ खालको योजनासहतिले मैले जनताहरुको विश्वास जित्न सकेको छु । खानेपानी, नयाँ संरचना अनुसार घर निर्माण, फुकुवा, उद्योग खोल्नको लागि इजाजत पत्र, ढल, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन र भूकम्पले धोस्त बनाएको भक्तपुर जिल्लालाई विव्व सम्पदा सूचिमा रहेको विभिन्न खालको धार्मिक सम्पदाहरुलाई मैले आगामी दिनमा नयाँ किसिमबाट पूनः निर्माणगरी यी क्षेत्रमा रहेका विविध खालको समस्याहरु समधान गर्नेतर्फ सधैभरी मेरो ध्यान केन्द्रीत हुनेछ, बस्नेत भन्नुहुन्छ । म भक्तपुरका जनताहरुसँग रहेर यी कामहरुलाई सधैभरी साथमा साथ हातमा हात राखेरा अघी बढ्ने छु, बस्नेत बताउँछन् । आफू उद्योग मन्त्री भएको बेलामा पनि आफूले भक्तपुर जिल्लामा रहेका विभिन्न खालको सड्क र पूर्वाधारहरुको लागि ठूलो बजेट पारेको कुरा बताउँदै भन्नुहुन्छ । आज मैले हिलाम्मे मुलपानी हुँदै बोडे– पुरानो थिमी हुने रोडलाई पिच हुने काम समेत मैले नै गरेको छु । आज त्यस ठाउँमा ३० बर्षसम्म नेपाली कांग्रेस भन्ने र नेमकिपाको साथिहरुले यति लामो बर्ष शासन गरेर यो क्षेत्रका विकास लागि के काम गरे म खबरदारीका साथ यी दुवै पार्टीका नेताहरुलाई प्रश्न गर्न चाहन्छु ।

आफूले यो क्षेत्रमा आइपरेका हरेक खालको जनताहरुको व्यक्तिगत समस्याहरुलाई जहिले पनि मैले मेरो आफ्नै नीजि समस्याको रुपमा लिदै आएको छु । केपी ओली प्रधानमन्त्री भएको समयमा मैले मेरो नेतृत्वमा वीर अस्पताललाई भक्तपुरमा लानु पर्दछ भनेर त्यो खालको जग्गाको व्यवस्थापन गर्ने काम मैले गरे, र भक्तपुर जिल्लालाई नेपालकै एउटा एस्तो नमूना जिल्लाको रुपमा विकास गरी त्यहाँ भित्र रहेका हरेक खालको रिसोर्सेजहरुलाई र साना साना उद्योग देखीन लिएर ठूला ठूला खालको उद्योग स्थापना गर्ने नयाँ खालको योजनाको साथ मैले भक्तपुरमा रहेका आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई तपाईहरुको अमूल्य एक भोटले गर्दा नै समग्र भक्तपुर जिल्लाले नयाँ मुहार फेर्न सक्ने कुरा बस्नेत बताउँदछन् ।

महेश बस्नेतको जीत नै शुनिश्चित रहेको छ, समयमा नै सम्पूर्ण भक्तपुरवासीहरुले आफ्नो मतको सही ठाउँमा सदुपयोग गर्दै महेश बस्नेतलाई २–४ हजारले होइन भक्तपुर २– बाट १०, ०००० भन्दा माथि मत ल्याई जित्नको लागि मलाई कुनै पनि खालको डर चिन्ता नभएको कुरा बस्नेत बताउँदछन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: