थाई एअरको नेपालमा ५० वर्ष



काठमाडौं । थाई एअरवेजले नेपालमा उडान भर्न थालेको ५० वर्ष पुरा भएको छ। ५० वर्ष पुरा गरेको अवसरमा एअरवेजले विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ती मनाएको छ।

सन १९६८ डिसेम्बरदेखि नेपालमा उडान भर्न थालेको एअरवेजले त्योबेला साप्ताहिक रुपमा उडान भरेको थियो। सन १९९७ अक्टोबरदेखि थाईले नेपालमा दैनिक उडान सुरु गरेको थियो।

५० वर्षको नेपाल यात्रामा थाई एअरले १९८५ देखि नेपालमा पहिलोपटक कम्प्युटरबाट टिकट बुकिङ गर्ने प्रविधिको सुरुवात गरेको थियो।

कम्पनीले नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि वार्षिक रुपमा कार्यतालिका बनाएरै सहयोग गर्ने गरेको छ। जस अन्तर्गत मोतीबिन्दु सर्जरी, कार्डियो जाँचका साथै विभिन्न स्वास्थ्य शिविर र अनाथ आश्रममा स्टेशनरी सामानहरु दिदै आएको कम्पनीले जनाएको छ।

स्वर्ण जयन्तीको अवसरमा नेपालस्थित थाई राजदुतावास, नविल बैंक, नागरिक उड्यन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण र होटल अन्नपूर्णलाई सम्मान गरेको छ। यसका साथै मिस नेपालमा शीर्ष ३ प्रतियोगीलाई पनि सम्मान गरेको छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: