समाजसेवी तथा युवा उद्यमी तामाङ सम्मानित

  • व्यक्तित्व

  • ‘कोरिया फेडरेसन अफ भोलुन्टेयर सेन्टर’ बाट भोलिएन्टर अफ दि एयर   पुरष्कार  अक्टोबर ८ मा पाएका तामाङलाई एकैसाथ अर्को सफलता पनि मिलेको छ । दुई हप्ता पछि नै अक्टोबरको २२ मा  अमेरिकाको ‘लिजेण्ड्स अफ मार्सल आर्ट हल अफ फेम’ले humanitarian award 2016 बाट समेत उनी पुरष्कृत भएका हुन् । अमेरिकाको लिजेण्ड्स अफ मार्सल आर्ट हल अफ फेमले विश्वभरबाट ९ जना व्यक्तिहरुलाई छनौट गर्ने पुरष्कार मध्ये यस बर्ष नेपालका अक्कल तामाङ उक्त पुरष्कार पाउन सफल भएका हुन् ।
    काठमाडौंमा रही विभिन्न मार्ट, ट्राभल्स लगायतका विभिन्न व्यवसायहरुमा समेत संलग्न रहेका तामाङ नेपाल कोरिया कल्चर एण्ड सोसियल अर्गनाइजेस ‘नेकोस’को अध्यक्षको अलावा विभिन्न संस्थाहरुमा आवद्ध रही सामाजिक क्षेत्रमा संलग्न छन् तामाङ । सोही संस्थाको पहलमा काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोक लगायतका जिल्लाहरुमा पुस्तकालय निर्माण गर्ने काममा संलग्न तामाङको पहलमा अहिले सम्म चार ओटा विद्यालय स्तरीय र एउटा सामुदायिक पुस्तकालयको समेत स्थापना गरिसकेका छन् ।
    सामाजिक क्षेत्रमा काम गर्ने सोच कसरी आयो भन्ने सन्दर्भमा तामाङ आफुले अध्ययन गर्ने क्रममा कमजोर आर्थिक अवस्थाको कारण अध्ययनलाई अघी बढ्नको निीम्त व्यवधान सिर्जना भएको हुनाले सोही समयमा नै शिक्षाको पहुँच सबैमा पु¥याउनको निम्ति आफूले केही गर्नुपर्ने सोच आएको र मनमा गडिरहेको बताउँछन् । अहिले उनको सपना साकार हुँदैछ ।

    को हुन् अक्कल तामाङ ?
    काभ्रेपलाञ्चोकको चापाखोरी गाविसमा २०३३ सालमा जन्मिएका तामाङ बाल्यकाल यसरी सम्झन्छन्, ‘गरीबीको कारण आमाले स्कुल जान छोड् भन्नुभएको थियो तर म स्कुल जान नछोडेको कारण एसएलसीमा उक्त गाउँको तामाङ जातिबाट पहिलो पटक उत्तीर्ण भएको थिएँ । त्यसैबेला गरीब विद्यार्थीहरुको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर ५० रुपियाँ साथमा लिइ २०५१ सालमा काठमाडौं आएँ ।’
    काठमाडौं आइसकेपछिका दिनहरु त सजिला कहाँ थिए र ? विभिन्न कम्पनीहरुका सामानहरुको साइकलबाट मार्केटिङ गर्दै रात्रिकालिन अध्ययन गरेर आइ.कम उत्तीर्ण गरेका तामाङ स्नातक तेस्रो बर्ष अध्ययन गर्ने क्रममा दक्षिण कोरिया जाने मौका मिल्यो । ८ बर्ष कोरियामा रहने क्रममा त्यहाँका धेरै कुराहरु सिक्ने मौका मिल्यो । पछि नेपालमा फर्केपश्चात् नेपाल कोरिया कल्चर एक्सचेन्स एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरेर नेपालमा कमजोर आर्थिक अवस्था भएका ७ नेपाली विद्यार्थीहरुलाई सन् २०१२ देखि अध्ययनको व्यवस्था समेत मिलाए । अहिले पनि उनको यो सामाजिक अभियान निरन्तर रुपमा अघी बढेको छ । भूकम्पको समयमा विभिन्न ठाऊँहरुमा राहत सामाग्रीको समेत व्यवस्था गरेका तामाङको पहलमा ३० ओटा अस्थायी घरहरु निर्माण भए ।
    पछिल्लो समय तामाङको अभियान वातावरण संरक्षणमा केन्द्रित भएको देखिन्छ । ग्रिन एण्ड क्लिन सिटी नामक उक्त अभियान अन्तरगत प्रत्येक हप्ता घरघरमा गई अवेरनेस गराउनुको अलावा सरसफाईको कार्यक्रम पनि राखिएको छ ।

    ‘गरीबीको कारण आमाले स्कुल जान छोड् भन्नुभएको थियो तर म स्कुल जान नछोडेको कारण एसएलसीमा उक्त गाउँको तामाङ जातिबाट पहिलो पटक उत्तीर्ण भएको थिएँ । त्यसैबेला गरीब विद्यार्थीहरुको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर ५० रुपियाँ साथमा लिइ २०५१ सालमा काठमाडौं आएँ ।’

    सामाजिक संस्थाहरुमा आवद्धता ः
    नेकोसको अध्यक्षको अलावा स्वास्थ्यको लागि खेलकुद अन्तराष्ट्रिय संघ नेपालको महासचिव, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको कोषाध्यक्ष, नेपाल मार्ट सञ्चालक संघको अध्यक्ष , इन्टरनेसनल भोलुन्टियर इफोर्ट नेपालको अध्यक्ष लगायतका विभिन्न संस्थाहरुको अलावा कपन स्थित मार्ट व्यवसाय समेत सञ्चालन गरिरहेका तामाङलाई समाजसेवा तथा व्यावसायिक दुवैे क्षेत्रमा उदाउँदो ताराको रुपमा पनि हेर्न सकिन्छ ।
    त्यसो त तामाङ विभिन्न व्यावसायिक क्षेत्रमा पनि संलग्न छन् । व्यावसायिक क्षेत्रमा कर्पोरेट कल्चरको शुरुवात गर्नुपर्छ भन्ने मान्यता बोकेका तामाङ अहिले सम्म कर्पोरेट कल्चरको अभ्यास नभएको कारण तुरुन्तै कर्पोरेट कल्चर फस्टाउन र सफल हुन भने नसक्ने बताउँछन् ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    DMCA.com Protection Status

    webs counters
    Total Count
    %d bloggers like this:
    Loading...