मङ्सिर २२ गतेबाट अण्डर नाइन्टिनद चलचित्र प्रदर्शनमा अाउने


काठमाडौँ. फायर इन्टरप्राईजेज एण्ड मिडिया प्रा.ली. , नेपाल बक्स अफिस प्रा.ली. एवंम रोजन फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्र ‘अन्डर नाइन्टिन’को प्रदर्शन मिति तय गरिएको छ। कलाकार तथा निर्माता केदार ढुंगानाको अभिनय तथा निर्माण रहेको चलचित्र ‘अन्डर नाइन्टिन’ अब भने यहि मङ्सिर २२ गतेबाट देशभरका सिनेमाघरहरुबाट एकैसाथ प्रदर्शन हुने भएको छ।

निर्माण भएको लामो समय पछि प्रदर्शनमा आउँन लागेको सोहि चलचित्रबाट ‘परदेशी’ अभिनेत्री रजनी के.सी.ले  नेपाली रजतपटमा पाईला टेकेकी थिईन। चलचित्रमा रजनी सँगै अर्की अभिनेत्री  शुभेच्छा थापाको पनि अभिनय रहेको छ । प्राय चलचित्रहरुमा हट सिनका कारण चर्चामा रहने थापाको ‘अन्डर नाइन्टिन’ मा चाहि कस्तो खालको भूमिकामा देखिएकी छिन?  यो कुरा हामीले निर्माता तथा कलाकार केदारलाई सोध्दा उनले चलचित्र मनोरञ्जनको प्याकेज रहेको भन्दै सबैलाई पच्ने खालकै दृश्य भएको बताए ।

धनाढ्य  बाउको बिग्रेको छोराको कहानीमा आधारित चलचित्रको निर्देशन शिव घिमिरे गरेका हुन्। टिनेजर्सलाई टार्गेट गरेर बनाईएको चलचित्रले दर्शकहरुको मन जित्नेमा निर्माण पक्ष् ढुक्क छ।चलचित्रमा केदार ढुंगाना, शुभेच्छा थापा, रोजन रखाल, रजनी केसी लगायतको अभिनय रहेको छ । टिकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, टंक बुढाथोकी र राजेन्द्र श्रेष्ठको संगीत, प्रवल प्रधानको सम्पादन रहेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: