रोकियो पद्मावती , विरोधीले तोके निर्देशक र नायिकाको टाउकाको मोल


मुम्बई । यो शुक्रबारबाट विश्वव्यापी प्रदर्शनीमा आउने बलिउडका सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मापती’लाई सेन्सरले अन्ततः पास गरेन । रानी पद्मावतीका समर्थकहरूले पद्मावतीमाथि फिल्म बनाउन सञ्जयलीला भन्साली र यस फिल्ममा अभिनय गर्ने अभिनेत्री दीपिका पादुकोणको टाउकाको मोल तोकेर काट्नेलाई पुरस्कारको समेत घोषणा गरेका छन् । यस्ता थुप्रै कारणले गर्दा सिनेमा विवादमै छ । जसका कारण फिल्मको प्रदर्शनी अन्तिम समयमा आएर रद्द भएको छ ।

फिल्मको विवाद लगातार बढेको छ । यहाँसम्म कि अब त सञ्जयलीला भन्सालीकी आमाको बारेमा बुझेर फिल्म बनाउने घोषणा गर्न पनि विरोधीहरू पछि परेका छैनन् । प्रचारप्रसार गरेर पनि फिल्म रिलिज हुन नसकेपछि अब आफ्नो फिल्म कहिले आउने भनेर निर्देशक भन्सालीले निर्णय लिन सकेका छैनन् ।

फिल्म रिलिज हुने दिन आफूले पद्मावतीको नयाँ ट्रेलर रिलिज गर्ने बताएका छन् । त्यो ट्रेलरमार्फत उनी सो फिल्मका बारेमा केही नयाँ तथ्य प्रस्ट पार्ने योजनामा छन् । अबको ट्रेलरमा नायक–नायिका साहिद कपुर र दीपिका पादुकोणले पनि फिल्मका बारेमा केही सन्देश दिने भएका छन् ।

यो फिल्म अलाउद्दिन खिलजीमा मात्र समर्पित नभएको सन्देश उनीहरूले दिने भएका छन् । यो फिल्म बनाउन निर्देशक भन्सालीलाई दुई वर्ष लाग्यो । छायांकनको क्रममा नै फिल्मका कलाकार प्राविधिकमाथि आक्रमण र सेटको तोडफोड भएको थियो । यतिबेला सिनेमालाई हलमा आउन नदिन भारतका राजपुत समुदायले पद्मावतीविरुद्ध निरन्तर आवाज उठाएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: