हेल्थ क्याम्प अायाेजना हुँदै


काठमाडौंको बौद्ध स्थित ९ गते र १० गते बौद्धको तिनचुलेमा हेल्थ क्याम्प सम्पन्न भएको छ । कोरियाको दोङ्गुक युनिभर्सिटी र दाना एसोसिएसनको मुख्य आयोजनामा सम्पन्न भएको उक्त हेल्थ क्याम्प कार्यक्रममा नेपालका संस्थाहरु नेकोस, नाम्गेल फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं चावहिल लगायतका संस्थाहरुको संलग्नता रहेको थियो । हेल्थ क्याम्पमा पहिलो दिन ३७४ जना र दोस्रो दिन ६५९ जनालाई हेल्थ सर्भिस उपलब्ध गराइएको नेकाेसका अध्यक्ष अक्कल तामाङले बताउनुभयाे ।

हेल्थ क्याम्पमा निःशुल्क हेल्थ चेकअपको अलावा निःशुल्क औषधी वितरण तथा अन्य आवश्यक विभिन्न सामानहरु निःशुल्क उपलब्ध गराइएको थियो ।

हेल्थ क्याम्पमा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा जनरल सर्भिस लगायतका सुविधाहरु उपलब्ध गराइएको थियो ।

यही  हेल्थ क्याम्प यही मंसिर १२ र १३ गते मुढेमा हेल्थ क्याम्प आयोजना भइरहेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: