सिटिजन्स बैंकमार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमार्फत अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधाहरु वृद्धि गर्दै गइरहेको अवस्थामा उक्त सेवा समेत दिइने जनाएको छ ।
जसअन्तर्गत अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्नीमा आफ्नो अष्ट्रेलियन डलर (एयूडी) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा गर्न सकिने बैंकको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माका अनुसार उक्त सेवाले अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरु तथा अष्ट्रेलिया स्थित नेपालीहरुलाई विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास लिएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: