दक्षिण अफ्रिकी सुन्दरी डेमी–ले बनिन् ‘मिस युनिभर्स’


लस भेगास । यो वर्षको ‘मिस युनिभर्स–२०१७’को ताज दक्षिण अफ्रिकाकी डेमी–ले नेल–पिटर्सले पहिरिन सफल भएकी छन् ।

अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् ।

यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् ।

‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल–पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु ‘टप–थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सिटिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।

प्रतियोगितामा ‘फस्ट रनर अप’ मिस कोलम्बियाकी र ‘सेकेन्ड रनर अप’ जमैकाकी सुन्दरी घोषित भएका छन् । एजेन्सी

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: