१ बर्षमा २ सयलाई वरिस्ता सिकाउन सफल वरिस्ता कफी स्कुल


विनोद श्रेष्ठ
सञ्चालनक
वरिस्ता कफी स्कुल
नेपालमा अहिले कफी कल्चर नयाँ ट्रेण्डको रुपमा विस्तार हुँदै गएको छ । यसै बमोजिम नेपालमा कफी र वरिस्ता सम्बन्धी सिकाउने विभिन्न ट्रेनिङ सेन्टरहरु समेत सञ्चालन भइ नै रहेका छन् । हामीले पनि नेपालमा बढ्दो कफी टे«ण्डलाई लक्षित गर्दै वरिस्ता कफी स्कुल सञ्चालन गरेका हौं ।

वरिस्ता सिकेका व्यक्तिहरुको विदेश जाने प्रचलन बढ्दो ः
नेपालमा अहिले वरिस्ता सिकेका व्यक्तिहरु अधिकांश नेपालमा नभई अष्ट्रेलिया, लगायतका विभिन्न देशहरुमा जाने गरेका छन् । कफी सम्बन्धी सीप छोटो अवधिको सीप हो । १५ दिनमा सिक्न सकिने वरिस्ता कफी सम्बन्धी सीप सिकेपश्चात् उनीहरुले नेपाल वा विदेश जहाँ पनि राम्रो तलब तलब सुविधामा कामको अवसर प्राप्त गर्न सक्छन् । यद्यपि अहिले अधिकांश नेपालीले विदेश नै रोज्ने गरेका छन् ।

किन सिक्ने वरिस्ता ?
कफी सम्बन्धी काम सिकेका व्यक्तिहरुले सजिलै घर भित्रै बसेर (एन्डोर) नै काम गर्न सक्छन् । तुलनात्मक रुपमा अन्य काम जस्तो जोखिम नभएको क्षेत्र साथै राम्रो तलब समेत पाइने भएको कारण अहिले नेपाली युवाहरु कफी सम्बन्धी तालिम लिन आकर्षित भएका हुन सक्छन् ।

कफीबारे अझै अनविज्ञ छन् नेपाली ः
नेपालमा चियाको तुलनामा कफी नयाँ क्षेत्र भएको कारणले कफीको बारेमा साधारण मानिसहरु अहिले पनि जानकार हुन सकेका छैनन् । तर जसरी लामो समय देखि अहिले नेपालमा चिया कल्चर विकास भएको छ, त्यसरी नै कफी पिउने कल्चर पनि विकास हुँदै गएको छ । आगामी दिनमा यसको भविष्य निकै राम्रो छ ।

क्याफिनको नसा, यसको असर र विकल्प ः
कफीमा क्याफिन पाइन्छ । कफी पिउने क्रममा पनि यसका विविध अवस्थाहरु र त्यसको असर बारे जानकारी हुनुपर्छ । सामान्यतयाः माइग्रेन, उच्च रक्तचाप र सुत्केरी अवस्थाका महिलाहरु लगायतको निम्ति कफी घातक मानिन्छ । कफीमा हुने क्याफिन पनि एक किसिमको नसा नै भएको र यसको मात्रा सामान्य भन्दा बढी हुन गएमा शरीरलाई नकारात्मक असर पर्ने भएको कारण यो घातक मानिएको हो । यसै कुरालाई लक्षित गरी नेपालमा पनि बिना क्याफिनको ‘डि ट्याफ’ आइसकेको छ । जुन वरिस्ता कफी स्कुलकै टीमले भारतबाट वरिस्ता लवाजाको निम्ति आयात गरि विक्री गरिरहेको छ ।

श्रेष्ठको हस्पिटालिटी क्षेत्रमा प्रवेश संस्था ः होटल एभरेष्ट

शुरूकाे तलब ः ३५०० (मासिक)
उद्धेश्य ः कुक ट्रेनिङ लिने र काम सिक्ने उद्धेश्य
शुरुको कार्य अनुभव ः एभरेष्ट होटलमा कुकिङ
अन्य विदेशी अनुभव ः सिङ्गापुर, दुवई, साउदी अरब लगायत भ्रमण र कार्य अनुभव
नेपालमा व्यवसाय विस्तार ः विगत ५ बर्ष देखि
नेपालमा लगानी क्षेत्र ः क्याफे कर्नर (बागबजार), वरिस्ता कफी स्कुल (डिल्लीबजार, वरिस्ता लवाजा (लाजिम्पाट)
नेपालको अनुभव ः जोखिम लिने हो भने प्रयाप्त अवसर छन् ।
५ बर्षको प्रगति ः ५ लाख बाट शुरु भएको व्यवसाय विविधिकरण हुँदै ५० लाखमा विस्तार
कफी वरिस्ता स्कुलको उपलब्धि ः १ बर्षमा २ सय प्रशिक्षार्थीलाई तालिम प्रदान
अन्य सेवा ः प्रशिक्षार्थीहरुलाई उद्यमी बनाउन आवश्यक परामर्श उपलब्ध गराउने
नयाँ व्यक्ति जोडिने माध्यम ः प्रशिक्षार्थीबाटै प्राप्त गर्ने जानकारी

वरिस्ता कफी स्कुलमा लगानी ः
शुरुमा २ जनाको लगानीमा करिब १० लाख लगानीमा शुरु गरेको यो स्कुलले प्रविधि र पूर्वाधारको विस्तार गरेसँगै अहिले यसको लगानी २० लाख हाराहारीमा पुगेको छ ।

कफी वरिस्ता स्कुलको अफर ः
विभिन्न अवसरहरुमा यस स्कुलले विभिन्न किसिमका अफरहरु समेत प्रदान गर्दै आएको छ । यसको अलावा सिजीको सहकार्यमा न्यूनतम रकममा पनि यस किसिमको सीप यस स्कुलले सिकाइसकेको छ । अन्य कार्यक्रमहरु समेत विभिन्न संस्थाहरुको सहकार्यमा आयोजना गर्दै जाने बताइन्छ ।

कफी सम्बन्धी सीप स्कुलमा नै किन सिक्ने ः
अहिले कतिपय क्याफेले समेत वरिस्ता कार्यक्रम सिकाउँदै आएका छन् । यद्यपि क्याफेमा यस किसिमको कार्यक्रम सिकाउँदा सैद्धान्तिक ज्ञान उपलब्ध नहुने, सबै किसिमका उपकरणहरुको बारेमा जानकारी प्राप्त हुन नसक्ने साथै सबै विधामा आवश्यकता बमोजिम प्रयाप्त अभ्यास समेत हुन नसक्ने भएको कारण स्कुलमा नै सिक्नु उपयुक्त मानिन्छ ।

प्रशिक्षकको समस्या ः
अहिले नेपालमा वरिस्ता सिकाउनको निम्ति प्रयाप्त प्रशिक्षकको समेत अभाव छ । यदाकदा शिक्षित व्यक्तिहरुलाई मात्र वरिस्ता सिकाउनुपर्छ भन्ने कुरा पनि चर्चामा रहेछ । तर शिक्षित नेपालीहरु मात्र विदेशमा जाने अवस्था नरहेको अवस्थामा श्रममूलक देशहरुमा जाने व्यक्तिहरुमा औपचारिक शिक्षा उपलब्ध हुन नसकेको कारण हामीले सबै किसिमका व्यक्तिहरुलाई कफी सिकाउनु जरुरी रहन्छ ।

अन्त्यमा,

विदेशमा मात्र नभई नेपालमा पनि आफैंले जुनसुकै क्षेत्रमा पनि निरन्तर रुपमा काम गर्ने हो भने अवश्य सफल हुन सकिन्छ । हामीले सरकारलाई मात्र दोष दिएर हुँदैन । आफैंले सङ्घर्ष गर्ने हो । अवश्य सफल भइन्छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: