सुमार्गीले राजस्थानमा पुस्तकालय निर्माण गर्ने


व्यवसायी अजेयराज सुमार्गीले भारत राजस्थान बाल कल्याण समितिलाई पुस्तकालय निर्माणको घोषणा गरेका छन्। राजस्थानको उदयपुरको झाडोल स्थित बाल कल्याण समितिले आयोजना गरेको सांस्कृतिक उत्सवका प्रमुख अतिथि सुमार्गीले आइतबार त्यस्तो घोषणा गरेका हुन्। पुस्तकालय निर्माणमा ५० लाख भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सांस्कृतिक उत्सवमा सहयोगको घोषणा गर्दै मुक्तिश्री ग्रुपका अध्यक्ष सुमार्गीले मानव कल्याणको काम गर्न भूगोल र सीमाना बाधक नहुने बताए। उनले भने- ‘सामाजिक काम तथा मानव र व्रम्हाण्डको हितमा काम गर्न कुनै देश, महादेश भन्ने हुन्न। जो जसले जहाँ पनि सहयोग गर्न सकिन्छ। म सहयोगका लागि भारत आइपुगेको छु। तपाईंहरु पनि नेपाल आउनुहोला।’

उनले मुलुक र त्यहाँ पछि परेको समुदाय र नागरिकको उन्नतिको बाटो नै शिक्षाबाट बताए। सुमार्गीले शिक्षाबाटै मानव विकास र प्रगतिको ढोका खुल्ने भएकोले बालबालिका र उनीहरुको शिक्षामा सहयोग गर्न पाउँदा खुसी भएको बताए। उनले बालबालिका तथा किशोरकिशोरीलाई सम्बोधन गर्दै भने- ‘भविष्य सबैको सुनौलो छ। तर कस्तो बनाउने भन्ने आफ्नै हातमा छ। लक्ष्य लिनुहोस् र मेहनत गर्नुहोस्। अनि धैर्य गर्नुहोस्।’ राजस्थान बाल कल्याण समितिको उत्सव उद्‌घाटन कार्यक्रम बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसको सदस्य श्रीमति सन्दिप बर्माको अध्यक्षतामा भएको थियो। बर्माले आफू भारतीय मूलको भएर पनि बेलायतमा मन्त्री बन्न सकेको उदाहरण दिँदै बालबालिकालाई लगन र धैर्य गर्न आग्रह गरिन्।

सो कार्यक्रममा युरोप तथा अमेरिकाबाट  रहेका भारतीय मूलका व्यक्तित्वहरु सहभागी भएका थिए। समितिले मुक्तिश्री ग्रुपका अध्यक्ष सुमार्गीलाई संरक्षक बनाएको छ। के हो राजस्थान बाल कल्याण समिति? राजस्थानको उदयपुरस्थित बालकल्याण समिति एक स्थानीय समाजसेवी जिवतराम शर्माको प्रयासमा अढाई दशकअघि गरिव तथा पछि परेका समुदायका छात्रालाई शिक्षा दिनका लागि खोलिएको गैरसरकारी संस्था हो। अहिले उनको निधन भइसकेको छ। उनको निधनपछि भारतीय मूलका बेलायती नागरिक अशोक बर्मा र जिवतरामका छोरा गिरिजा शंकर शर्माले यो संस्थालाई अगाडि बढाउँदैआएका छन्।  संस्थाले आदिवासी, गरिव र पिछडिएको समुदायलाई शिक्षामा योगदान पुर्‍याउँदै आएको छ।

एउटा कोठाबाट सुरु भएको संस्थामा हाल उच्च शिक्षासहित १२ वटा शैक्षिक संस्था संचालित छन्। १० वटामा छात्र र छात्रा दुवैले पढ्न पाउँछन्। ती संस्थामा करिव ८ हजार विद्यार्थी अध्ययनरत छन्। दुर्गम क्षेत्रमा गरिव विद्यार्थीलाई विज्ञान तथा प्राविधिक विषयसमेत यो संस्थाले अध्ययन गराउँदैआएको छ। संस्थागत तथा व्यक्तिगत सहयोगबाट संस्था चलेको छ। यो संस्था भारतका उत्कृष्ट गैरसरकारी संस्थामध्येमा पर्छ। यसले निशुल्क शिक्षा र आवास तथा भोजनको प्रवन्ध पनि गर्दैआएको छ। सुमार्गी दम्पतिलाई भव्य स्वागत नेपाली व्यवसायी दम्पति अजेयराज र अस्मिता सुमार्गीलाई भारतको राजस्थानस्थित उदयपुरमा भव्य स्वागत गरिएको छ। भारतका प्रतिष्ठित व्यापारी उद्योगपति तथा समाजसेवीले सुमार्गी दम्पतिको स्वागत गरेका हुन्। व्यवसायीसँग भेट, नेपालमा लगानीबारे छलफल व्यवसायी अजेयराज सुमार्गीले भारतीय उद्योगी व्यवसायीहरुलाई अब नेपालमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। हिन्दुजा ग्रुपका उपाध्यक्ष भीपी हिन्दुजा, रविन ग्रुपका अध्यक्ष विजय करिया, भारतीय राष्ट्रिय पर्यटन बोर्डका सल्लाहकार ज्ञानसिंह राठोर लगायतसँग सामूहिक तथा व्यक्तिगत भेटमा नेपालमा लगानीको संभावनाबारे छलफल भएको थियो।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: