जाडोमा काङ्ग्रेसको रुख काटेर आगो तापिन्छ ः योगेन्द्र सङ्ग्रौला


काठमाडौंको क्षेत्र नम्बर ६ (ख) अन्तरगत तारकेश्वरका वडा नम्बर ८, ९, १० र ११ को संयुक्त आयोजनामा आज कार्यकर्ता भेटघाट तथा युवा भेला सम्पन्न भएको छ ।
मनमैजु स्थित अजिमा पार्टी प्यालेसमा आयोजना भएको उक्त कार्यक्रममा क्षेत्र नम्बर ६ का उम्मेदवारहरु झक्कु प्रसाद सुवेदी, याेगेन्द्र सङ्ग्राैला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापतित्व माता प्रसाद थापाले गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा क्षेत्र नम्बर ५ (ख) का प्रतिनिधिसभा उम्मेदवार झक्कु सुवेदीले आफूहरुलाई टुरिष्ट भनेर भनिँदै आइको प्रति इंगित गर्दै त्यसको खण्डन गर्दै टुरिष्टको रुपमा रहेको आफ्नो पहिचान खारेज भइसकेको बताएका छन् । आफू स्थानीय सबै जनताहरुसँग घुलमिल भइसकेको कारण अब आफू टुरिष्ट नभएको उनले प्रष्ट पारे ।

 

यस्तै कार्यक्रममा क्षेत्र नम्बर ६ (ख) का वाम उम्मेदवार योगेन्द्र सङ्ग्रौलाले भ्रष्टाचारलाई पूरा अन्त्य गर्नुपर्ने बताएका छन् । आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने हो भने भ्रष्टाचार अन्त्य सम्भव रहेको उनले बताए । साथै आफू पनि भ्रष्टाचार अन्त्यको निम्ति पूर्ण प्रतिवद्ध रहेको समेत उनले जानकारी दिए ।

फरक प्रसङ्गमा सङ्ग्रौलाले नेकपा (एमाले) ले नेपाली काङ्ग्रेससँगको चुनावी भिडन्तमा जीत पक्का रहेको उल्लेख गर्दै भने, ‘काङ्ग्रेसको रुख यो जाडोमा काटेर आगो बालिन्छ ।’
निर्वाचन परिचालन कमिटीका हिमाल शर्माले यस पटकको निर्वाचनमा पनि विगतमा जस्तै नेपाली काङ्ग्रेसका व्यक्तिहरु चुनावी मैदानमा उत्रँदै गर्दा ठूलो परिमाणमा पैसा बोकेर भित्रभित्र छिरेको जुन आचारसंहिता विपरीत रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष मनोज घिमिरे, ९ नम्बर वडाका अध्यक्ष बलराम सिटौला, वडा नम्बर १० का अध्यक्ष अमृत

थापा र

वडा नम्बर ११ की अध्यक्ष विन्दा बुढाथोकी समेत अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रमको मौका पारेर खेलकुद लगायतका विभिन्न क्षेत्रमा संलग्न उत्कृष्ट व्यक्तिहरुलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा पूर्वजनप्रतिनिधि, खेलाडी, प्रशिक्षक, राजनीतिकर्मी, युवा, उद्यमी, विद्यार्थी लगायतका करिब १ हजार मानिसहरुको उपस्थित रहेको थियो ।


कार्यक्रमको अन्त्यमा राष्ट्रिय वक्सिङ संघका उपाध्यक्ष समेत रहेका बलराम सिटौलाले सेतोघरसँग संक्षिप्त जानकारी दिँदै खेलकुदको क्षेत्रमा रहेर काम गरिरहेका व्यक्तिहरुलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए । स्मरण रहोस्, सिटौला तारकेश्वर

क्षेत्रका कान्छा वडा अध्यक्ष समेत हुन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: