हाम्रा विद्यार्थीकाे प्रगति नै हाम्राे उपलब्धि : प्रिन्सिपल अधिकारी


लमजुङ जिल्लामा वि.सं २०३७ साल मा जन्मिएका डिएन अधिकारी शिक्षाको क्षेत्रमा लामो अनुभव समेटेका व्यक्ति हुन् । काठमाडौंको बालाजु (नेपालटार) स्थित नेशनल मोडल इङ्गलिस सेकेण्डरी स्कुलको संस्थापक प्रिन्सिपल हुन् 

डिएन अधिकारी

। अाफ्नाे विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै राम्राे स्थान कायम गर्न सफल रहेकाे बताउँदै यसैलार्इ नै अाफ्नाे उपलब्धिकाे रूपमा लिएकाे र यसमा नै अाफूलार्इ गाैरव महसुस हुने बताउँछन् ।

शिक्षा क्षेत्रमा रहेर काम गर्ने क्रममा विभिन्न राष्ट्रिय स्तरका सम्मानहरु समेत प्राप्त गरेका छन् । उनले २०७२ मा राष्ट्रिय शिक्षा सेवी सम्मान पुरष्कार प्राप्त गरेका थिए भने शिक्षा सेवी सम्मान २०७४ बाट समेत उनी सम्मानित भएका छन् ।

नेपालको शिक्षा क्षेत्रमा लामो समय देखि निरन्तर लागिपरेका उनी शिक्षा क्षेत्रलाई सम्मानजनक र प्रतिष्ठित क्षेत्रको रुपमा विकास गर्ने योजना बमोजिम आफ्नो विद्यालय अन्य विद्यालयको तुलनामा पृथक र मोडल बनाउने प्रयाशमा निरन्तर लागिपरेका छन् ।

 

तपाई शिक्षा क्षेत्रमा कहिले देखि प्रवेश गर्नुुभएको हो ?
शिक्षा नै समाज विकासको निम्ति मुख्य मेरुदण्ड हो भन्ने महान अभिलाषाका साथ शिक्षाको माध्यमबाट नै मानिसको चेतनाको विकास गराई समाज रुपान्तरण तथा समग्र राष्ट्रमा विकासको लहर सम्भव छ भन्ने सोचाई लिएर वि.सं २०५५ साल देखि हालसम्म निरन्तर रुपमा यस क्षेत्रमा कटिवद्ध भएर म अगाडि बढी रहेको छुु

 

तपाईको शिक्षा क्षेत्रमा भएको योगदान कस्तो रह्यो ? शिक्षा क्षेत्रमा मैले के योगदान गरेंं भनेर म आफैंले भन्नुु त्यति उपयुक्त नहोला । यो कुरा त हाम्रा अभिभावक, वुुद्धिजिवी एवं चेतनशिल नागरिक र हाम्रो विद्यालयबाट शिक्षा प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूूर्ण सफलता हासिल गर्न सफल विद्यार्थीहरुको प्रगतिबाट समेत मूल्याङ्कन गर्न सकिन्छ ।

विद्यालय प्रति हाम्रा सबै अभिभावकहरु सन्तुष्ट र सकारात्मक हुनुहुन्छ । ऊहाँहरुको त्यो सफलता यसै विद्यालयको जगमा तयार भएको हो । हाम्रो यस विद्यालयमा अध्ययन गर्नुभएका व्यक्तिहरु राष्ट्रका हरेक क्षेत्रमा हुनुहुन्छ । ऊहाँहरु निजामती सेवा, अस्पताल, लेखा परिक्षण, इन्जिनियरिङ, सेनाप्रहरी लगायतका विभिन्न क्षेत्रमा उच्च तहमा हुनुहुन्छ । कतिपयले अन्तर्राष्ट्रिय स्तरका विश्वभर नाम चलेका कलेज तथा युुनिभर्सिटिमा पूूर्ण छात्रवृत्ति प्राप्त गरी आफ्नो खुुट्टामा आफैंं उभिन सक्ने वातावरण बनाउनुभएको छ । एउटा शिक्षा प्रदायकको हैसियतले विचार गर्दा मेरो र हाम्रो संस्थाको सफलता र योगदानको रुपमा यसैलाई नै लिनुपर्छ भन्ने लाग्छ ।

 

नेशनल मोडल स्कुुल कस्तो स्कुुल हो ? शिक्षा प्रदायक अन्य निजी शैक्षिक संस्थाहरु मध्ये तपाईहरुको अवस्था कस्तो छ ?
नेशनल मोडल ईङ्गलिस सेकेण्डरी स्कुुल एउटा लामो इतिहास बोकेको स्कुुल हो । यो स्कुुल काठमाडौंं महानगरपालिका वडा नं १६, बालाजुुमा अवस्थित छ । हाल ९ सय जना विद्यार्थीहरु अध्ययन गराइरहेको यो स्कुल ६ रोपनी क्षेत्रफलमा अवस्थित छ । यस विद्यालयले दक्ष र अनुुभवी दक्ष शिक्षक शिक्षिकाहरुको माध्यमबाट मनोवैज्ञानिक एवंं मन्टेश्वरी विधिबाट अध्ययन÷अध्यापन गराउँदै आएको छ । निरन्तर Motivation & Counseling  को माध्यमबाट गुुणस्तरीय शिक्षा प्रदान गर्दै यो क्षेत्रको मोडल (नमुना) स्कुलको रुपमा स्थापित हुन सफल भएको छ ।

यस विद्यालयले विद्यार्थीहरुको पठनपाठनको अतिरिक्त उनीहरुमा लुुकेर बसेको अन्तरनिहित प्रतिभाको चौतर्फी विकासमा समेत विशेष जोड दिँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै विद्यालयले Arts, Handwriting, Dance, Music, Sports, Yoga & Meditation, Agricultural Observation, Audio Visual class cflb Activities आदि संंचालन गर्दै आइरहेको छ । समय–समयमा यस विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरुलाई विद्यालयमा ल्याई ऊहाँहरुको ज्ञान, अनुभवको माध्यमबाट थप समसामयिक, वौद्धिक र रोचक ज्ञान विद्यार्थीहरुलाई प्रदान गर्ने कार्य समेत गर्दै आइरहेको छ

निजी शैक्षिक संस्थाहरुको अहिलेको अवस्था र यस क्षेत्रका चुुनौती तथा कठिनाइहरु सम्बन्धमा तपाईंको अनुुभव वारे केही प्रष्ट्याई दिनुुहोस् न ?
नेपालमा साधारणतया अहिले दुुई किसिमको शिक्षा प्रणाली सञ्चालनमा रहेको अवस्था छ । एकातिर सरकारको लगानीमा सञ्चालित शैक्षिक संस्था

हरु छन् भने अर्कोतिर निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरु छन् । वास्तवमा तत्कालिन अवस्थालाई नियाल्दा विद्यार्थीहरुको आकर्षण र चाप निजी क्षेत्रमा दिनानुुदिन बढ्दै गएको सबैलाई अवगत नै छ । शैक्षिक नतिजाको मुुल्याङ्कन गर्दा पनि निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण समेत छ ।

यद्यपि यस क्षेत्रमा चुुनौती पनि नभएका होइनन् । मुुख्य चुुनौती भनेको चाहिँ राज्यले शिक्षा क्षेत्रको निजी लगानी, प्रदान गरेको सेवा र योगदानलाई भन्दा पनि केवल व्यापारिक नजरले मात्र हेरिनु एक हो । बेला–बेलामा भइरहने बन्द, हड्ताल, चन्दा लगायतका समस्या, समाजले यसलाई हेर्ने व्यावसायिक दृष्टिकोण लगायतका विभिन्न चुुनौतीहरु छन् । तर निजी शैक्षिक संस्थाले राष्ट्रको शैक्षिक क्षेत्रमा दिएको योगदान, राष्ट्रको पुुँजी पलायनमा नियन्त्रण एवं अन्तराष्ट्रिय मापदण्डको शिक्षा प्रदानमा खेलेको भूूमिका पनि सबैले सम्झन लायक छ ।

 

शिक्षा अहिलेको सन्दर्भमा कस्तो हुुनुुपर्छ ?
आजको युुगमा शिक्षा वैज्ञानिक, व्यवहारिक, सर्वसुुलभ एवं विद्यार्थीहरुको मनोभावना ,रुचि र भविष्य लक्षित हुुनुुपर्छ ।

 

यस क्षेत्रमा केही विकृतिहरु पनि छन् भन्ने सुनिन्छ । ती विकृतिहरु के–के हुुन् ?
विकृतिहरु सामान्यतयाः हरेक क्षेत्रमा देखा पर्दछन् । यद्यपि हरेक शैक्षिक संंस्थाहरुले आउन सक्ने विकृति एवं समस्याहरुलाई बेलैमा मनन गरी आवश्यक सचेतना अपनाउनुु नै उत्तम हुुन्छ । प्रायःजसो विद्यार्थीहरुलाई भौतिक सजायको कुरा बढी आउने गरेको पाइन्छ । साथै कतिपय निजी विद्यालयहरु बीच अस्वस्थ प्रतिस्पर्धा समेत हुुने गरेको छ ।

 

शिक्षा क्षेत्रका विकृतिहरुलाई न्यूूनीकरणको निम्ति कुुुुन–कुन निकायको कसरी समन्वय हुुनुुपर्दछ?
शिक्षा क्षेत्रको विकृति न्युुनिकरणको लागि सरकारका अङ्गहरु शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षा कार्यालय, स्थानिय निकाय, शैक्षिक संंस्थाहरु एवं सरोकारवाला सम्पूर्ण निकायहरु बीच समन्वय, निरन्तर सहकार्य, छलफल, निर्देशन तथा अनुुगमन हुनु आवश्यक छ । यसो हुनसके यस क्षेत्रका संम्भावित विकृतिहरुलाई निराकरण गर्न सकिन्छ ।

अन्त्यमा, तपाईले भन्नुुपर्ने अन्य कुुराहरु पनि केही छन् कि ?
राज्य, शिक्षाप्रेमीहरु, वुुद्धिजिवि एवंं अभिभावकज्यूूहरुले निजी शैक्षिक संंस्थाहरुलाई केवल आयमूलक पक्षबाट मात्र नहेरी समग्र राष्ट्र निर्माणमा खेलेको भूमीकाबाट समेत हेर्नु जरुरी रहन्छ । यसका सकरात्मक पक्षबाट पनि हेरिनुु पर्दछ । राज्यको लगानी बिना नै सञ्चालन गरिएका शैक्षिक कार्यक्रम र यसको प्रतिफललाई मुुल्याङ्कन गर्नु नितान्त आवश्यक छ । राष्ट्रले राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परिक्षा र राष्ट्रिय अनुुगमन बाहेक अन्य क्रियाकलापमा निजी क्षेत्रका शैक्षिक संंस्थाहरुलाई स्वतन्त्रता प्रदान गरेमा अवश्य पनि अझ गुुणस्तरिय र सर्वसुुलभ शिक्षा प्रदान गरी राष्ट्रलाई विकास र समृद्धिको उचाईमा पु्र्याउन सक्नेछौंं ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: