विद्यालयकाे लागि बहुउपयाेगी प्ले स्टेसन उत्पादनमा अग्रणी कम्पनी काठमाडौं प्ले एण्ड ग्रिल


नेपालमा नै विद्यालयहरुको निम्ति आवश्यक पर्ने प्ले स्टेसन उत्पादन गर्दै आएको कम्पनी हो काठमाडौं प्ले एण्ड ग्रिल वर्कशप प्रा.लि । भैंसीपाटीमा कारखाना रहेको यस कम्पनीले हाल विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी स्पाइरल, स्विङ, डम क्लाइम्बर, मेरी ग्राउण्ड, स्लाइड, बुक र्याक, शुज र्याक, डेस्क बेन्च, डष्टविन, डाइनिङ टेबल लगायतका करिब ४० प्रकारका वस्तुहरु यस कम्पनीले उत्पादन गर्दै आएको छ । यी उत्पादनहरु ग्रिल र फाइबरको मिश्रणबाट तयार भएका हुन् ।

पुरण बज्राचार्य, प्रबन्ध निर्देशक, काठमाडौं प्ले एण्ड ग्रिल वर्कशप प्रा.लि

नेपालमा विभिन्न कम्पनीहरुले यस्ता सामानहरु लामो समय देखि विदेशबाट आयात गर्दै आइरहेका थिए । पछिल्लो समय यी सामानहरु नेपालमा नै बन्न थालेका छन् । विदेशबाट आयात गर्ने क्रममा यस्ता सामानहरुको मूल्य तुलनात्मक रुपमा महँगो पर्न जान्छ ।
यसै कुरालाई मध्यनजर गरी नेपालको निम्ति आवश्यक विभिन्न किसिमका सामानहरु उत्पादनमा संलग्न भएको हो काठमाडौं प्ले एण्ड ग्रिल वर्कशप ।

कच्चा पदार्थ ः

नेपालमा यी सामानहरु उत्पादनको निम्ति आवश्यक कच्चा पदार्थ उपलब्ध नभएको कारण कच्चा पदार्थ भने बाह्य मुलुकबाट नै आयात गर्नुपर्ने अवस्था छ ।
हाल यस कम्पनीले काठमाडौं उपत्यकाका झण्डै ३ सय विद्यालयहरुमा आफ्नो कम्पनीबाट उत्पादित वस्तुहरु उपलब्ध गराइसकेको छ । पछिल्ला बर्षहरुमा यस्ता सामाग्रीको माग समेत निकै बढेको कम्पनीका प्रबन्ध निर्देशक पुरन बज्राचार्यले बताउनुभएको छ ।

नेपालमा यस्ता सामानहरु अहिले विद्यालयको निम्ति अनिवार्य आवश्यकता जस्तै बनेका छन् । यी सामानहरु निकै महँगो मूल्यमा नेपालमा भित्रिइरहेको कुरालाई लक्षित गरी नेपालमा नै तुलनात्मक रुपमा कम मूल्यमा नै यस्ता वस्तुहरु उत्पादन गर्न सक्ने देखेको कारण आफूले यी वस्तुहरु उत्पादन गरेको बज्राचार्य बताउनुहुन्छ ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश विद्यालयहरुले विदेशबाट प्लाष्टिकबाट निर्मित निकै महँगा आयातित सामानहरु भारत, चीन, अष्टे«लिया लगायतका देशहरुबाट आयात गर्दै आएको परिप्रेक्ष्यमा नेपालमा नै उत्पादनको निम्ति आफूले विदेशमा भएका साथीहरुको प्राविधिक सहयोगमा यो व्यवसाय शुरु गरेको बज्राचार्यले सेताेघर डट कमसँगकाे कुराकानीमा बताउनुभयो ।

नेपालमा यस्ता सामानहरुको माग निकै नै बढेको छ । जसले गर्दा कारोबार पनि प्रत्येक बर्ष बढ्दै गएको छ । यसैकारण आगामी बर्षबाट यस कम्पनीले उत्पादन गर्ने सामानहरु पोखरा, चितवन, बुटबल लगायतका बजारहरुमा समेत विस्तारको योजना बनाएको छ ।

सानो क्षेत्रमा पनि राख्न सकिने प्ले ग्राउण्ड विद्यालयको अवस्था, ठाऊँ र आवश्यकता अनुसार विभिन्न प्रकारका उपकरणहरु सम्बन्धित विद्यालयले रोजाईमा पार्न सक्छ । १० बर्ष ग्यारेन्टी सहित करिब ८० हजार देखि माथि यस्ता उपकरणहरु विद्यालयमा राख्न सकिन्छ ।

नेपालमा व्यावसायिक अनुभव ः
नेपालको निम्ति आवश्यक वस्तुहरु नेपालमा नै उत्पादन गर्नुपर्छ भन्ने मान्यताले नेपालमा नै प्लेस्टेसन कम्पनी सञ्चालन गर्दै आउनुभएका बज्राचार्यले आगामी दिनमा इलेक्ट्रोनिक्स गेम सम्बन्धी ठूला मेसिनहरु नेपालमा भित्र्याउने योजना बनाउनुभएको छ ।

कामदार पाउनै गाह्रो ः
नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पाउन पनि निकै गाह्रो छ । श्रममूलक काममा नेपाली युवाहरु काम गर्न नचाहने प्रवृत्तिको प्रभाव यस क्षेत्रमा पनि परेको छ ।

कस्तो वर्गलाई लक्षित छन् यी सामाग्रीहरु ?
हाल यस्ता प्ले स्टेसनहरु साना बालबालिकाहरुको निम्ति लक्षित छन् । नर्सरी देखि कक्षा २ सम्मका बालबालिकाहरुको निम्ति लक्षित यी सामाग्रीहरु हेर्दा आकर्षक र प्रयोग गर्न सहज छन् ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: