विद्यालय तहमा आर्ट एण्ड क्राफ्टकाे ट्रेण्ड बढ्दो


दीपक कुवँर, आर्ट एण्ड क्राफ्ट प्रशिक्षक

पछिल्लो समय नेपालमा काठमाडौंं लगायतका सुविधा सम्पन्न क्षेत्रमा रहेका विद्यालयहरुले नयाँ तरिकाले विद्यार्थीहरुलाइ अध्ययन गराउँदै आएका छन् । पछिल्लो समय अधिकांश विद्यालयहरुले आर्ट एण्ड क्राफ्ट कोर्ष अधिकांंश विद्यालयहरुमा सिकाउन सुरु गरेका छन् ।

यो क्षेत्र कला सँग सम्बन्धित क्षेत्र हो । यसैकारण विद्यार्थीहरुलाई आर्ट एण्ड क्राफ्टको माध्यमबाट सहज रुपमा सिकाउन सकिन्छ । विद्यार्थीहरुलाई घोकाएर मात्र सिकाउने प्रचलन रहँदै आइएकोमा यो अर्थात आर्ट एण्ड क्राफ्ट प्रविधि अध्ययन अध्यापनको क्षेत्रमा नयाँ प्रविधि हो ।

विद्यार्थीहरुको आन्तरिक क्षमताको पहिचान स्वयंं विद्यार्थीहरुलाई नै गराउन सके अध्ययन प्रतिको विद्यार्थीको रुचिलाई थप बढाउन सकिन्छ । त्यस मध्येको एउटा क्षेत्रको रुपमा आर्टस अर्थात कला क्षेत्र समेत विकास हुँदै गएको छ ।

आर्टस्मा नै करियर बनाउन प्रचुर सम्भावना ः
विद्यालय तहमा सिकाइने आर्ट एण्ड क्राफ्ट आधारभूत तहको मात्रै भए पनि अहिले भने नेपालमा यस सम्बन्धमा एड्भान्स लेभलका कार्यक्रमहरु समेत सञ्चालन गरिएको छ । नेपालमा चित्रकला सम्बन्धमा विकास गरिएका यस्ता कोर्षहरुको अवधि छोटो समय देखि लामो समय समेतका हुने गर्छन् ।

त्यसै बमोजिम उनीहरुले सिक्न सक्ने कुरा पनि निर्भर रहन्छ । अहिलेको अवस्थामा नेपालमा यस्ता कार्यक्रमहरु ३ महिना, ६ महिना हुँदै ३-४ बर्ष सम्मका लामो अवधिको निम्ति समेत सिकाउन शुरु गरिएको छ । यस्ता कार्यक्रमहरु विभिन्न इन्ष्टिच्युटहरु मार्फत समेत सञ्चालन गरिँदै आइएको छ ।

अहिले नेपालमा ‘चित्रकला ‘सैद्धान्तिक तथा व्यावहारिक ज्ञान’ नामक कार्यक्रमलाई औपचारिक कोर्षको रुपमा नै सञ्चालन गरी यस किसिमका कार्यक्रमहरुलाई औपचारिक रुपमा नै सञ्चालन गर्ने काम समेत हुँदै आएको छ । कलिला बालबालिकाहरुको निम्ति दिइने सीप तुलनात्मक रुपमा बढी प्रतिफलमुखी हुने समेत पाइएको छ ।

प्रशिक्षक आफैंं जागरुक हुनुपर्छ ः
आर्ट एण्ड क्राफ्टका प्रशिक्षकहरु विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने क्रममा सबै भन्दा पहिले ऊहाँहरु आफैंं नै विशेष जागरुक हुनुपर्छ । सीपमूलक र कलात्मक क्षेत्र समेत भएको हुनाले प्रशिक्षक आफूमा नै रुचि नहुने हो भने प्रशिक्षार्थीहरुलाई राम्रो तवरले सिकाउन सकिने अवस्था समेत रहँदैन । साथै लक्षित वर्ग समेत लाभान्वित हुन सक्दैनन् । राम्रोसँग यो क्षेत्रको ज्ञान र सीप हासिल गर्न सक्ने हो भने यो क्षेत्रबाट राम्रो आर्थिक उपार्जन समेत गर्न सकिने अवस्था अहिले छ ।

नेपालमा अहिले यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आउने क्रममा धेरै विद्यालयहरुले यस किसिमका कार्यक्रममा विशेष चासो दिइरहेको र कला प्रतिको टे«ण्ड निकै नै बढ्दै गएको अहिलेको परिप्रेक्ष्यमा कला क्षेत्रको भविष्य समेत निकै नै उज्जवल देखिन्छ ।

प्रशिक्षक कुवँरका अनुसार आर्ट, डान्स, म्युजिक लगायतका कार्यक्रमहरु सिकेका व्यक्तिहरुले अध्ययनको निम्ति माथिल्लो तह अर्थात विज्ञान, इन्जिनियरिङ, शिक्षक, मेडिकल लगायतको क्षेत्रमा जान समेत निकै सहज हुने अनुभव आफूले गरेको बताउँछन् । यसैकारण विद्यार्थीहरुलाई नयाँ तवरले मोटिभेटेड बनाउन समेत यस्ता कार्यक्रमहरु अनिवार्य जस्तै बनेको उनको धारणा छ ।

कस्ता व्यक्तिले छिटो सिक्न सक्छन् यस्ता कार्यक्रम ?
आर्ट एण्ड क्राफ्ट छिटो सिक्नको विद्यार्थीहरु आफैंं जागरुक र धैर्यवान् हुनु जरुरी रहन्छ । आर्ट अर्थात कला भनेको यस्तो विधा हो, जहाँ विद्यार्थीको आन्तरिक क्षमता र वाह्य वातावरण दुवैको प्रभाव रहन्छ । यी दुवैको सम्मिश्रणबाट मात्र यस क्षेत्रले पूर्णता पाउँछ ।

विद्यार्थीको क्षमता बुझ्न सके सहज ः
कतिपय विद्यार्थीहरु बाहिर राम्रो गर्न सक्ने जस्ता नदेखिए पनि उनीहरुलाई सिकाउँदै लैजाने क्रममा निकै राम्रो तवरले सिक्ने सक्ने अवस्था रहन्छ । यद्यपि यस क्षेत्रमा रहेर काम गरेका मानिसहरु नै आफ्नो उपलब्धि मान्ने मान्यता बमोजिम यस्ता कार्यक्रम प्रशिक्षित गरिने हो भने मात्र फलदायी हुन सक्नेमा कुनै दुइमत छैन ।

राम्रो आर्थिक उपार्जनको क्षेत्र ः
राम्रो सँग कला (चित्रकला) सिक्ने हो भने यसै क्षेत्रबाट नै आर्थिक उपार्जन समेत गर्न सकिन्छ । साथै आफूबाट प्रशिक्षित व्यक्तिले राम्रो गरेको थाहा भएमा प्रशिक्षकलाई समेत सन्तुष्टि मिल्छ ।

औपचारिक रुपमा नेपालमा कला प्रशिक्षण ः
अहिले नेपालमा कला सम्बन्धी एड्भान्स लेभलका कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएका छन् । नेपालमा कलाको क्षेत्रमा औपचारिक कार्यक्रम सञ्चालन गर्दै आएको शैक्षिक संंस्था ललितकला क्याम्पस नै हो । यद्यपि यसको अलावा नेपालमा अन्य केही निजी शैक्षिक संंस्थाहरुले समेत यस किसिमको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

गिफ्ट तथा अन्य प्रयोजनको निम्ति कलाजन्य वस्तुको प्रयोग ः
पछिल्लो समय नेपालमा यस्ता सामानहरु गिफ्टको रुपमा, सजावटको रुपमा र नेपाल भन्दा बाहिर पठाइदिन तथा विक्रीको निम्ति पठाउने काममा समेत प्रयोगमा आउने गरेका छन् ।

ग्रामीण क्षेत्रमा विस्तार गर्नु जरुरी ः
पछिल्लो समय ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमलाई लैजानुपर्ने आवश्यकता रहँदारहँदै पनि ग्रामीण क्षेत्रका अभिभावकहरु मात्र नभएर विद्यालय सञ्चालकहरु समेत यस बारेमा त्यति जागरुक हुन सकेका छैनन् । यस्तो अवस्थामा राज्यले नै विद्यार्थीको वैयक्तिक क्षमता विकासलाई लक्षित गरेर विद्यालयको अतिरिक्त शैक्षिक गतिविधि अन्तरगत यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

प्रशिक्षक दीपक कुवँर करिब १५ बर्ष पहिले देखि आर्ट एण्ड क्राफ्टको क्षेत्रमा संंलग्न रहँदै आएका छन् । आफू प्रवेशको शुरुवातका दिनहरुमा नेपालको निम्ति नयाँ कार्यक्रम भएको कारण केही गाह्रो महसुस गरेका उनी अहिलेको अवस्थामा आइपुग्दा भने यस क्षेत्र प्रतिको आकर्षण र रुचिको कारण निकै नै सहज भइसकेको र आत्मसन्तुष्टि समेत हुने गरेको अनुभव सङ्गालेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: