छात्राहरुले भर्जिन सावित गर्नुपर्ने अनौठो स्कुल

  • छात्रबृत्ति पाउन छात्राहरुले भर्जिन सावित गर्नुपर्ने अनौठो स्कुल

  • एजेन्सी । विश्व अर्थतन्त्रको उदीयमान विकाशशील राष्ट्र दक्षिण अफ्रिकामा अहिले एउटा विवादित छात्रवृत्ति योजना चर्चाको शिखरमा छ ।
    त्यहाँको एक स्कुलले आफुलाई कुमारी अर्थात् भर्जिन सावित गर्ने किशोरी छात्राहरुलाई मात्र छात्रवृत्ति दिने योजना अघि सारेको छ ।खष्चनष्ल
    मानव अधिकारवादी संगठनहरुले भने छात्रवृत्ति पाउनका लागि छात्राहरुले आफुलाई भर्जिन सावित गर्नुपर्ने यो अनौठो नियमको विरोध गरेका छन् । क्वाजुलु नटाल क्षेत्रस्थित एमसीसीनी गाउँमा रहेको एक स्कुलले यस्तो नियम बनाएको हो । बीबीसीका संवाददाता नोमसा मासेको स्वयं उक्त स्कुलमा पुगेर त्यहाँका छात्राहरुसँग कुराकानी गरेका छन् ।
    आफुलाई कुमारी प्रमाणित गरेर छात्रवृत्ति पाउन सफल एक छात्रा थुबेलीहली ड्लोड्लो निकै खुसी छिन् । आफ्ना अभिभावकहरु आफुलाई पढाउने पर्याप्त रकम नहुँदा आफुले छात्रवृत्तिका लागि बाध्यतावस आफ्नो कुमारित्व प्रमाणित गराउनु परेको उनी बताउँछिन् । छात्रवृत्तिका लागि आफ्नो कुमारित्वलाई कायम राख्नैपर्ने कुराले उनी हरेक दिन घरबाट निस्किँदा निकै सजग बन्छिन् ।
    उनका अनुसार नियमित छात्रवृत्ति रकम पाउनका लागि समय समयमा हुने कुमारित्व परीक्षणमा पास हुनुपर्छ । आफु अहिलेसम्म भर्जिन नै रहन सकेकोमा उनलाई गर्व छ र त्यसरी छात्रवृत्तिका लागि कुमारित्व सावित गर्नुपर्दा उनी खुसी नै छिन् । उनका अनुसार कुमारित्वको जाँच उनीहरुको संस्कृतिको एक महत्वपूर्ण हिस्सा हो ।

    कानून अनुसार दक्षिण अफ्रिकामा १६ वर्ष पुगेपछि किशोर किशोरीहरुलाई यौन सम्पर्क गर्न छुट छ । यसरी स्कुले छात्राहरुलाई कुमारित्व परीक्षण गरेर छात्रवृत्ति दिने स्कुलको नियमको अधिकारवादीहरुले विरोध जनाएका छन् । उनीहरुका अनुसार यो गोपनियताको हनन हो । शिक्षाको अवसर र सेक्सलाई सँगै जोडेर हेर्नु गलत भएको उनीहरु बताउँछन् ।
    तर यस्तो छात्रवृत्ति योजना एकजना महिला मेयरले नै सुरु गरेकी हुन् । मेयर डुडु माजीबुका अनुसार यस्तो छात्रवृत्ति कुनै पुरस्कार होइन, छात्राहरुको जिन्दगीभरको पुँजी हो ।खष्चनष्लज्ञ
    यसरी कुमारित्व सावित गरेर छात्रवृत्ति लिन नचाहने छात्राहरुका लागि अन्य प्रकारका छात्रवृत्तिको व्यवस्था समेत रहेको उनी बताउँछिन् । गाउ काउन्सिलले उक्त स्कुलका छात्राहरुलाई विभिन्न १ सय प्रकारका छात्रवृत्ति दिन्छ र त्यसमा १६ वटा छात्रवृत्ति कुमारी छात्राहरुलाई दिइन्छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: