नेपाली बजारमा अष्ट्रिज : फ्युचर मिट, राम्रो बजार

  • सिपी सर्मा जसले शुरू गरेका हुन् नेपालमा अष्ट्रिच

  • नेपालमा नै रहेर काम गर्नुपर्छ भन्ने सोचले नेपालमा नयाँ व्यवसाय भित्र्याउने उद्यमशिल व्यक्ति हुन् सिपी शर्मा । करिब ९ बर्ष पहिले देखि नेपालमा नै अष्ट्रिज व्यवसाय शुरु गरेका सिपी सर्मा नेपालमा जागरुक र उद्यमशिल व्यक्तिहरुको निम्ति प्रयाप्त सम्भावनाहरु देखेका छन् ।

    किन खाने अष्ट्रिचको मासु ?
    भिटामिन, मिनरल्स, ओमेगा ३, ६ र ९, पोटासियम, म्याग्नेसियम, सिलेनियम, प्रोटिन, जिंक, कपर, आइरन, भिटामिन इ, भिटामिन बी६, भिटामिन१२, नाइसिन, थाइमिन, चिल्लो, पोटास लगायतका महत्वपूर्ण तत्वहरु प्रयाप्त पाइने अष्ट्रिजको मासु सेवनले मुटु, डाइविटिज लगायतका विरामीलाई लाभ मिल्ने गर्छ । यी विविध महत्वपूर्ण चिजहरु एउटै मासुमा पाइने भएको कारण आगामी दिनमा अष्ट्रिचको बजार सम्भावना निकै राम्रो देखिएको छ । यसैकारण अष्ट्रिच मासुलाई फ्युचर मिट समेत भन्ने गरिएको छ ।

    सर्माको व्यवसाय : विगत र वर्तमान

    शर्माले नै शुरु गरेको अष्ट्रिच पालन नेपालको निम्ति नयाँ व्यवसाय भएको कारण शुरुका दिनहरु निकै नै कष्टकर रहेको अनुभव सङ्गालेका छन् । जस्तो विषम परिस्थितिमा पनि आफुले लिएको बाटोमा निरन्तर रुपमा लागिपरेका सर्मा अहिले भने सम्पूर्ण नेपालीहरु माझ चर्चामा छन् । साथै अष्ट्रिज पालन नमुना व्यवसायको रुपमा विस्तार भएको छ । बुटबल क्षेत्रमा २२ विघा, सुर्यपूरामा १ सय २२ विघा र दाङमा १ सय ६२ विघा जग्गामा कृषि कार्य समेत गर्दै आएका शर्माले सुर्यपूरा क्षेत्रलाई फिसहवको रुपमा विकास गर्ने योजना समेत राखेका छन् । साथै काठमाडौंलाई फार्मर मार्केट बनाउनुपर्छ भन्ने मान्यता राख्ने शर्मा रुपन्देहीको छपियामा करिब ५ हजार विघा क्षेत्रमा माछा व्यवसाय विस्तार गर्दैछन् । हाल शर्माको कृषि फार्ममा दैनिक करिब १ हजार मानिसहरु फार्म अवलोकनको निम्ति जाने गर्छन् ।

    बजार :

    हाल उत्पादन हुने मासुको गुणस्तरीयतामा विशेष जोड दिँदै आएको अष्ट्रिच नेपाल मातहत दैनिक करिब ५ सय किलो मासु नेपाली बजारमा विक्री हुने गर्छ । यसको निम्ति करिब ७ सय किसानसँग सहकार्यमा काम गरिरहेको बताउँछन् अष्ट्रिच नेपालका अध्यक्ष सिपी सर्मा ।

    व्यापार विस्तारको योजनामा छन् सर्मा :

    सर्मा व्यवसायलाई थप विस्तारको योजना समेत छन् । यसरी व्यवस्थित विस्तारको निम्ति देशका विभिन्न १०÷१५ क्षेत्रमा करिब ७ लाखको लगानीको दरले स्तरीय मासु व्यवसाय व्यवसायीहरुको सहकार्यमा खोल्ने योजना बनाएका छन् शर्मा ।

    घाँस र दाना अमेरिकाबाट भित्र्याएर शुरु गरेको व्यवसाय :

    घाँसमा आधारित अष्ट्रिज नेपालमा पालनको क्रममा शुरुका दिनहरुमा अष्ट्रिचको आवश्यक पर्ने घाँस र दानाहरु नेपालमा उत्पादन हुने अवस्था थिएन । यसै कारण यी सबै वस्तुहरु अमेरिकाबाट जहाजमा राखेर नेपालमा भित्र्याउनुपथ्र्यो । तर अहिले भने यी वस्तुहरु नेपालमा नै उत्पादन हुँदै आएका छन् ।

    व्यवसाय शुरुवातका समस्याहरु :

    काम गर्नको निम्ति आवश्यक दक्ष जनशक्ति नभएको, समय–समयमा विभिन्न रोगहरुले आक्रमण गर्ने भएपनि ती रोगको कारण पत्ता लगाउन समस्या परेको, नयाँ क्षेत्र भएको कारण अन्य मासुहरु विक्री भइरहेको बजारमा आफ्नो उत्पादनको महत्व बुझाउँदै जनतालाई जागरुक गर्न र बजारीकरण गर्न पनि निकै नै समस्या रहेको लगायतका थुपै्र तीतामिठा भोगाइहरु सिपी सर्माले व्यहोर्नुप¥यो । यद्यपि अहिले सम्म आइपुग्दा नेपालका अधिकांश मुख्य शहरहरुमा अष्ट्रिचले धेरथोर पहुँच स्थापना गर्न सकेको छ भने नेपालमा नयाँ क्षेत्रको रुपमा ब्राण्ड स्थापना गर्न सफल भएको छ ।

    नेपालको सम्भावना बारे सर्माको दृष्टिकोण :

    नेपाल निकै राम्रो सम्भावना भएको देश हो । न्यूजिल्याण्ड देखि खाडी सम्म उत्पादन हुने सबै किसिमका वस्तुहरु नेपालमा नै उत्पादन गर्न सकिन्छ । नेपालको पहाडी क्षेत्रमा उत्पादन भएका विभिन्न वस्तुहरु हामीले विश्वबजारमा ब्राण्डिङ गराउन सकिन्छ । यसरी हाम्रा उत्पादनहरु विश्वबजारमा विक्री गर्न सक्ने वातावरण बन्नको निम्ति राज्यको सहयोग आवश्यक त पर्छ नै । जुन राज्यको नीति भित्र नै पर्नुपर्ने कुरा पनि हो ।
    यद्यपि कृषिको क्षेत्रमा रहेर काम गर्ने क्रममा राज्यले यस क्षेत्रको विकासको निम्ति जुन किसिमका नीतिगत, आर्थिक तथा प्राविधिक सहयोगहरु गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन । यसैकारण नेपालमा कृषिको क्षेत्रमा रहेर काम गर्नु निकै चुनौतीपूर्ण छ ।

    हाम्रो छिमेकी मुलुक भारतमा कृषिमा काम गर्ने किसानहरुलाई राज्यले ७० प्रतिशत सम्म अनुदान दिएको छ । ठूलो उत्पादन र बजार छ । लागत कम छ । हामीले नेपालमा त्यसैको प्रतिष्पर्धीको रुपमा सामानहरु उत्पादन गर्नुपर्ने अवस्था छ ।

    उत्पादनशिल व्यक्तिलाई छैन राज्यको लगानी :

    नेपालमा राज्यले १६ बर्ष सम्मका व्यक्तिहरुको निम्ति अध्ययनको निम्ति लगानी गरेको छ । ६० बर्ष माथिका व्यक्तिहरुलाई जीवन सुरक्षा लगायतको निम्ति लगानी गरेको छ । तर १६ बर्ष देखि ६० बर्ष सम्मको उत्पादनशिल र जागरुक समयको निम्ति भने नेपालमा राज्यले लगानी गरेको छैन । युवाहरुमा राज्यले लगानी नगरेको कारण व्यक्तिगत रुपमा कुनै काम शुरु गर्नुपर्दा त्यसको सम्पूर्ण जोखिम आफैंले व्यहोर्नुपर्ने हुन्छ । यसले गर्दा कुनै काम गर्ने सोच हुँदाहुँदै पनि त्यस कामबाट पछाडि हट्नुपर्ने अवस्था छ ।

    उत्पादन लिन लामो समय कुर्नुपर्ने अवस्था :

    व्यावसायिकतामा जाने क्रममा पनि लामो समय लाग्ने अवस्था छ । त्यस समयमा आवश्यक आर्थिक व्यवस्थापन, सुरक्षा लगायतको निम्ति राज्यले अहिले सम्म कुनै व्यवस्था गर्न सकेको छैन । सुन्तलाकै कुरा गर्ने हो भने पनि त्यसबाट प्रतिफल लिनको निम्ति कम्तीमा ५ बर्ष त लाग्छ नै । तर त्यस क्रममा वहन गर्नुपर्ने जोखिम, परिवार चलाउन आवश्यक न्यूनतम खर्च तथा अन्य प्राविधिक र सीप विकास लगायतमा सहयोग गरीु उद्यमशिलताको विकास र आत्मनिर्भरताको निम्ति पहल गर्नुपर्ने कर्तव्य राज्यको नै भएपनि राज्य त्यस जिम्मेवारीबाट पूर्ण रुपमा पन्छिएको छ । जसले गर्दा किसान जोखिम लिएर कृषिबाट पछाडि हट्नुपर्ने अवस्था छ ।

    सही अर्थमा कृषिको विकास गर्न हो भने…

    वास्तवमा नेपालमा कृषिको विकास गर्ने राज्यको योजना हुने हो भने सबै किसानको सहज पहुँच पुग्न सक्ने र आफूले उत्पादन गरेको वस्तु सहजै विक्री गर्न सकिने किसिमका कृषिबजारहरु विभिन्न ठाऊँमा स्थापना गर्नु जरुरी रहन्छ । किसानको निम्ति स्थापना गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार आफैंमा विचौलिया बजार बनेको छ । यस्ता बजारले किसान र उपभोक्ताको हित गर्न सक्दैन ।
    साथै कुनै पनि वस्तु वजारमा ल्याउनुपूर्व त्यस वस्तुको भावी बजार र सम्भावना के छ ? जनताहरु वा उपभोक्ता के चाहन्छन् ? स्वास्थ्यमा पार्ने प्रभाव के छ ? लगायतमा पनि विचार गर्नुपर्ने हुन्छ ।

     

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: