नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ! उदेश्य के लिनु उडि छुनु चन्द्र एक !

  • दिपक घिमिरे, काठमाडौँ, लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै  रोगी थिए ।

    तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन सुलोचना सकुन्तलाजस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

    देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।

    देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए। “मुनामदन,”प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। “पागल” कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो।

    देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

    संसार रूपी सुख स्वर्गभित्र,
    रमें, रमाएँ लिई भित्र चित्र ।
    सारा भयो त्यो मरूभूमि तुल्य,
    रातै परेझै अब बुझ्छु बल्ल ॥१॥
    रहेछ संसार निशा समान,
    आएन ज्यूँदै रहँदा नि ज्ञान ।
    आखिर श्रीकृष्ण रहेछ एक,
    न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥
    महामरूमा कणझैं म तातो,
    जलेर मर्दो बिनु आश लाटो ।
    सुकी रहेको तरूझैं छु खाली,
    चिताग्नि तापी जल डाम्न फाली ॥३॥
    संस्कार आफ्नो सब नै गुमाएँ,
    म शून्यमा शून्य सरी बिलाएँ ।
    जन्मे म यो स्वर्ग विषे पलाएँ,
    आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

     

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: