महिला फुटबल : नेपाली टोली आज फर्किंदै


काठमाडौं । महिला साफ च्याम्पियनसिप खेल्न भारत गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ । टोली भारतको सिलगुढीबाट बिहान ११ बजे विराटनगर आउने र बेलुकी ६ बजे काठमाडौ आइपुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए ।

नेपाली टोली समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगे पनि सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । भारतसँगको हारपछि यसपटक पनि नेपालको उपाधी सपना पूरा हुन पाएन । यसअघिका ३ वटा संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...