६६ सय २७ जनप्रतिनिधि चुनिँदै : ६ गुणा बढी उम्मेदवार मैदानमा


प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमन्ध्ये १४ हजार ३७५ महिला छन् ।

आवश्यक पदभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा छन् । आठ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि विभिन्न राजनीतिक दल र कतिपय स्थानमा स्वतन्त्र ब्यक्तिले उम्मेदवारी दिएका छन् ।

तीमध्ये एकजना महिला सदस्य र ७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयेगको तथ्यांकअनुसार नरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदका लागि १ हजार ७ सय पुरुषको उम्मेदवारी परेको छ ।
त्यसैगरी प्रमुख र अध्यक्ष पदमा ६१ महिलाले उम्मेदवारी दिएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: