ललितपुर महानगरका मेयर द्वारा उच्च स्तरीय शिक्षा आयोगका सदस्य भण्डारी सम्मानित


काठमाडौं । अभिभावक संघ केन्द्रीय समितिमन संरक्षक तथा पूर्व अध्यक्ष सुप्रभात भण्डारीलाई नेपाल सरकारले गठन गरेको उच्च स्तरीय शिक्षा आयोगमा सदस्यको रुपमा नियुक्त भएकोमा सम्मान गरिएको छ । शुक्रवार आयोजित एक विशेष कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भण्डारीलाई अभिभाबक संघ नेपालका सम्पूर्ण परिवार को तर्फ सम्मान गर्नुभएको हो ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीको सभापतित्वमा भएको कार्यक्रममा भण्डारीलाई सुभकामना दिदै मेयर चिरिबाबु महर्जनले देशको शिक्षा नीतिमा आमूल परिवर्तन गर्नका लागि भण्डारीको भूमिका रहनु पर्ने बताउनुभयो । मेयर महर्जनले भण्डारीले समानता र न्यायको पक्षमा अझै सशक्त भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

अभिभावक संघको सफल नेतृत्व गरेको चर्चा गर्दै अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारले अभिभावक संघको तर्फबाट पनि उच्च स्तरीय शिक्षा आयोगमा प्रतिनिधित्व गराइएकोमा सरकारलाई धन्यवाद दिएका थिए भने उच्च स्तरीय शिक्षा आयोगको सदस्य बन्नु भएका भण्डारीले आफूले सबै अभिभावकहरुको भावनालाई प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताउनुभयो ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: