लण्डनको भूमिगत रेलमा विस्फोट



एजेन्सी । लण्डनको दक्षिण पश्चिम इलाकामा भूमिगत रेलमा विस्फोट भएको छ ।

यसलाई चरमपंथी घटनाको आधारमा लिईएको छ । रेलमा यात्रा गरिरहेकाहरुका अनुसार अगाडिको डिब्बाको नजिकबाट आगोको मुस्लो निस्किएको थियो । उक्त घटनापछि भागाभाग भएको बीबीसीले जनाएको छ ।

रेलको ढोका खुल्नासाथ यात्रुहरु हतारमा भागदौड गरिरहेका थिए । यात्रुहरु एकैपटक भाग्ने कोशिस गरिरहेका बेला कैयौं घाइतेसमेत भएका छन् ।

बीबीसीका एक संवाददाताले बताएअनुसार भागाभागका क्रममा एक महिलाको खुट्टामा जलेको दाग देखिएको थियो । उनलाई तत्कालै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । तर विस्फोटबाट अहिलेसम्म कति क्षति भयो भन्ने बारेमा विस्तृत विवरण प्राप्त भएको छैन । रेलको अगाडीको डिब्बामा विस्फोट भएको बताइएको छ ।

स्थानीय समयअनुसार बिहानको सवा ८ बजे विस्फोट भएको थियो । विस्फोट कसले गराएको कति क्षति भएको भन्ने बारेमा विस्तृत विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...