ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने


काठमाडौं । ग्लोबल आईएमई बैंकले आव ०७३/७४ मा २ अर्ब ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको भन्दै बैंक सञ्चालक समितिको बुधबारको २७९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् आव ०७३/७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने जनाउँदै बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको पनि बताएको छ ।
बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा छ । १ खर्ब २ अर्ब निक्षेप, ८४ अर्ब ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १ सय १२ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १ सय १९ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर तथा ४६ शाखारहित बैंकिङ सेवा छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: