२५ लागिन् निता, अभिनयका कारण बिग्रियो पढाई


काठमाडौं । अभिनेत्री निता ढुंगानाको आज बिहीबार २५ औं जन्मदिन परेको छ । २०४९ साल भदौ २९ गते सुर्खेतमा जन्मेकी निताले बालकलाकारको रुपमा अभिनयको थालनी गरेका हुन् । निताको जन्म सुर्खेतमा भए पनि उनको स्थायी घर भने हेटौडा हो ।

सिनेमा ‘मितिनी’मा उनले अभिनेत्री रेखा थापाको बाल्यकालको भूमिका निर्वाह गरेकी छिन् भने केही टेलिचलचित्रमा पनि उनले अभिनय गरेकी छिन् । त्यस्तै उनले सिनेमा ‘अजम्बरी नाता’मा पनि बालकलाकारको भूमिका निर्वाह गरेकी छिन् । मुख्य अभिनेत्रीको रुपमा भने उनले सिनेमा ‘किसान’बाट डेब्यु गरेकी हुन् ।

सानैदेखि अभिनयमा सक्रिय भएका कारण निता पढाईमा पछि परेकी छिन् । उनले प्रमाणपत्र तह अध्ययन गरेपछि पढाईलाई अघि बढाउन सकिनन् । खासमा उनी आफूलाई पढ्नै मन नलागेका कारण नपढेको बताउँछिन् । खास भन्ने हो भने अभिनय मोहकै कारण निताले पढाई बिगारेकी हुन् ।

निता कामका साथै प्रेम सम्बन्धका कारण पनि चर्चामा आउने अभिनेत्री हुन् । अभिनेता आमेश भण्डारीसँगको प्रेमका कारण निता खुबै चर्चामा रहिन् । पहिले खुलेर गरेको प्रेम र पछि भएको ब्रेकअपले उनलाई चर्चामा ल्याएको थियो । अहिले भने उनी एक्लै छिन् ।

निताले २५ औं जन्मदिन पारेर आफ्नै होम प्रोडक्शनको आधिकारिक घोषणा पनि गरेकी छिन् । उनले अब ‘निता ढुंगाना फिल्मस्’ मार्फत सिनेमा निर्माण गर्ने भएकी छिन् । निताले नोटबुक, दबाव, ६ एकान ६, निर्भय, लेकसाइड, म बिर्सु कसरी, भुल भुलैया लगायत दर्जनौँ सिनेमामा अभिनय गरेकी छिन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...