आजदेखि मतदाता परिचय पत्र वितरण, भोट हाल्ने तरिका सिक्न आग्रह



काठमाडौं । आउँदो सोमबार हुने स्थानीय चुनावका लागि आज शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण हुँदैछ । निर्वाचन आयोगले प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ९२ हजार मतदातालाई परिचय पत्र वितरण गर्न लागेको हो ।

परिचयपत्र लिन आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मतदान केन्द्रमा जानुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार परिचयपत्र लिन पुगेकालाई भोट हाल्ने तरिका पनि सिकाइनेछ । एक जनाको भोट पनि निकै महत्पूर्ण हुने भन्दै उहाँले सबैलाई भोट हाल्ने तरिका सिक्न आग्रह पनि गर्नुभयो । भोट हाल्ने तरिका सिकाउन आयोगले नै कर्मचारी खटाएकाले मतदान गर्ने तरिका अनिवार्य सिक्न उहाँको सुझाव छ ।

कर्मचारीले मतदानस्थलमा टाँसेको मतपत्रमा मतदातालाई भोट हाल्न सिकाउने छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा २ देखि ३ प्रतिशत मत पूर्ण रुपमा बदर भएको तथा आशिंक रुपमा यो भन्दा धेरै मत बदर भएको भन्दै उहाँले भोट हाल्ने तरिका जसरी भए पनि सिक्न अनुरोध गर्नुभएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...