उत्तर कोरियाले जापानमाथि फेरि छोड्यो मिसाइल


काठमाडौं । उत्तर कोरियाले राजधानी पोङयाङको पूर्वी दिशमा जापानतर्फ फेरि अर्को मिसाइलछोडेको छ ।
दक्षिण कोरिया र जापानी सरकारले यसको पुष्टि गरेका छन् । दक्षिण कोरियाका सेनाकाअनुसार यो मिसाइल करिब ७७० किमी उचाइमा गएको थियो । यसले करिब ३७ सय किमी तय गरेको बताइएको छ ।

रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो मिसाइल स्थानीय समयअनुसार बिहान ७ बज्न ३ मिनेट बाँकी छँदा छाडिएको थियो ।

यो ७ बजेर ६ मिनेटमा जापानको होकाइदो द्धिप माथि पुगेको थियो ।
ad

जापानले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह समेत गरेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तरको यो कदमपछि दक्षिण कोरियाका राष्ट्रपतिले सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: