नारायणगढ–मुग्लिन सडकखण्ड : काम प्रभावकारी बनाउन ३ बुँदे निर्देशनसहित थप आधा घण्टा बन्द

  • ठूला कण्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने

  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाई भएको भन्ने समाचार आएपछि स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घण्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुँदे निर्देशन दिएको छ ।

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएपछि हरेक दिन बिहान १०ः३० देखि दिउँसो तीन बजेसम्म सडक बन्द गरेर काम गर्न निर्देशन दिइएको हो । यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्योे । त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिएकामा मङ्गलवारदेखि एम्बुलेन्स मात्र छाडिने भएको छ, जसका कारण कामका बेलामा अवरोध कम हुने भएको छ । रोकिएका सवारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कण्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ ।

    यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक÷एक थान एस्क्स्याभेटर र पावरटेलर राख्न लगाइएको छ । सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ । जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० ओटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताए ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    DMCA.com Protection Status

    webs counters
    Total Count
    %d bloggers like this:
    Loading...